१५ भदौ २०८३, सोमबार | August 31, 2026

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो



भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीको बेलहिया नाका हुँदै नेपाल फर्काइएको छ । भारतको कुशीनगरबाट उद्धार गरिएका उनीहरूलाई बेलहिया नाका हुँदै भैरहवा ल्याइएको छ ।

गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले भारतको कुशीनगरमा पुगेर उनीहरूको उद्धार गरेको हो । उद्धारका लागि प्रदेश प्रहरी कार्यालयबाट बरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा नेपाल प्रहरीको टोली भारत गएको थियो ।

भारतको सुनौली हुँदै बेलहिया नाका नाकामार्फत नेपाल ल्याइएका उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ । ८ वटा भारतिय बसमा नेपाल ल्याइएका उनीहरुलाई स्क्रिनिङ गर्ने क्रम सुरु भएको रुपन्देही प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए । उद्धार गरिएकाहरुमा आधाआधीको संख्या महिला रहेको पनि उनले बताए ।

रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्‍याएर बन्दक बनाइएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई घर पठाउने तयारी गरिएको कुँवरले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १ : ३३ बजे

‘पार्वती’ टिमद्वारा बाढीपीडितका लागि ११ लाख बढी सहयोग

काठमाडौं । रसुवाको भोटेकोशीमा गत मंगलबार आएको अकल्पनीय बाढीबाट प्रभावित

रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं । भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना