५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

भारतको कुशीनगरबाट ४५३ जना नेपालीको उद्धार, बेलहिया नाका हुँदै भैरहवा ल्याइयो



भैरहवा । भारतको उत्तर प्रदेशको कुशीनगरबाट उद्धार गरिएका ४५३ जना नेपालीको बेलहिया नाका हुँदै नेपाल फर्काइएको छ । भारतको कुशीनगरबाट उद्धार गरिएका उनीहरूलाई बेलहिया नाका हुँदै भैरहवा ल्याइएको छ ।

गएराति भारतीय प्रहरीको सहयोगमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोलीले भारतको कुशीनगरमा पुगेर उनीहरूको उद्धार गरेको हो । उद्धारका लागि प्रदेश प्रहरी कार्यालयबाट बरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लको कमाण्डमा नेपाल प्रहरीको टोली भारत गएको थियो ।

भारतको सुनौली हुँदै बेलहिया नाका नाकामार्फत नेपाल ल्याइएका उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा राखिएको प्रहरीले जनाएको छ । ८ वटा भारतिय बसमा नेपाल ल्याइएका उनीहरुलाई स्क्रिनिङ गर्ने क्रम सुरु भएको रुपन्देही प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक दिनेश कुँवरले जानकारी दिए । उद्धार गरिएकाहरुमा आधाआधीको संख्या महिला रहेको पनि उनले बताए ।

रुपन्देही प्रहरीकाअनुसार विभिन्न प्रलोभन देखाएर उनीहरूलाई नेपालबाट भारत पुर्‍याएर बन्दक बनाइएको थियो । आवश्यक प्रक्रिया पूरा गरेर उनीहरुलाई घर पठाउने तयारी गरिएको कुँवरले बताए ।

प्रकाशित मिति : १६ जेष्ठ २०८३, शनिबार  १ : ३३ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही