१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्रगति दिएको छ ।

रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो । महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उक्त समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र दीपकराज बोहरा रहेका छन् ।

यसैगरी, समितिमा गणेश पराजुली कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल रहेका छन् । समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र सातै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ३ : ४९ बजे

रास्वपा सभापति लामिछाने भारत पुगे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

महीको बिक्रीबाट आम्दानी बटुल्दै सन्तोष

नेपालगन्ज । कोहलपुर नगरपालिका–१० का सन्तोष पौडेलले ‘ठेकी स्वादको मही’

आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन

रास्वपा महाधिवेशन : सभापति लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७

टिप्परको ठक्करबाट बाबुछोराको मृत्यु

दाङ । यहाँको तुलसीपुरमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु भएको