१८ जेष्ठ २०८३, सोमबार | June 1, 2026

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी



बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो क्षेत्रलाई आर्थिक विकासको एक अधार बनाउनका लागि राज्यको नीति र कानुनी जटिलतालाई हटाउनु पर्नेमा जोड दिइएको छ ।

रुपन्देही उद्योग संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा बुटवलमा सोमवार भएको रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती विषयक वृहत गोष्ठीमा बोल्ने वक्ताहरुले सैद्धान्तिक कुरा र प्रतिवेदनले मात्र पर्यटन क्षेत्रमा सुधार हुन नसक्ने बताउदै कार्यान्वयन तहमा रहेका समस्याहरुको समाधान र समय सापेक्ष नीतिसंगै तीन तहका सरकारवीचको अधिकारको अस्पष्टता हटाउन आग्रह गरे ।

उनीहरुले राज्यकै कमजोरीले पर्यटन क्षेत्रबाट चाहे अनुसारको प्रतिफल आउन नसकेको औल्याए ।
गोष्ठीमा सहभागी बक्ताहरुले पर्यटन नीतिमा आमुल परिर्वतन गर्दै नेपालमा घुम्नेपर्यटकहरुको बसाई लम्ब्याउन सकेमात्र पर्यटनबाट राष्ट्रले लाभ लिन सक्ने दाबी गरेका थिए । पर्यटक बसाई लम्ब्याउने गरि प्याकेज योजना र प्रचारमा जोड दिनुपर्ने उनीहरुले सरोकारवालाहरुलाई सुझाव दिएका छन् ।

बक्ताहरुले रुपन्देही जिल्लामा पर्यटकहरुलाई भुलाउने र देखाउने क्षेत्र तथा सम्पदाहरु प्रसस्त रहेको भएपनि आफुहरुले त्यसलाई विकाउन नसकेको बताउदै नेपालका तराई क्षेत्रलाई रमाउने थलोका रुपमा विकास गर्दै पर्यटक बसाई लम्ब्याउने गरि लाग्न आवश्यक रहेको बताए ।

हाल नेपालमा विदेशबाट आउने पर्यटकको बसाई औषत १६ दिनभन्दा बढी रहेको बेला लुम्बिनीमा भने केवल डेढ दिनमात्र रहेने गरेको भन्दै यसलाई लम्ब्याउने गरि योजना ल्याउनुपर्ने उनिहरुले सुझाव थियो ।

कार्यक्रमको एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेयले रुपन्देहीको आर्थिक विकासमा पर्यटनको सम्भावना रहेको हुदा त्यसमा नीजि क्षेत्र लाग्न आग्रह गरे । उनले स्थानीय सरकार त्यसमा सहयोगी बन्ने प्रतिवद्धता जनाए ।

बुद्धजन्मस्थल लुम्बिनी, आदिमानव रामापिथेकस, सामरीक महत्वको जितगढी किल्लाजस्ता धेरै ऐतिहासिक, धार्मिक सास्कृतिक महत्वका स्थलहरुलाई प्रचारप्रसार गर्दै पर्यटन आर्कषण गर्ने काममा सरोकारवाला निकायहरु लाग्नुपर्ने सुझाव दिदै उनले त्यसमा नीजि क्षेत्रको अग्रसरतामा जोड दिए ।

उपप्रमुख सावित्रादेवि अर्याल, देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेल लगायतले बुद्ध परिपथलाई जोडेर पर्यटन योजना बनाउन सहकार्यको हात सधै अगाडी बढाउदै आएको धारणा राखेका थिए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, अध्यता तथा प्राध्यापक युवराज कंडेल, लुम्बिनी विश्वविद्यालयका विभागिय प्रमुख डा. श्रीप्रसाद भट्टराईले पर्यटन विकास सम्बन्धि छुट्टाछुटै अवधारणापत्र प्रस्तुत गरेका थिए ।

सो अवसरमा लुम्बिनीलाई शान्ति, ध्यान र आरोग्यको पर्यटकिय क्षेत्रका रुपमा विश्वभर परिचित गराउदै रुपन्देही पर्यटनको गन्तब्य बनाउन जोड दिइएको थियो ।

छलफलमा स्वदशी उत्पादनको प्रयोगमा जोड दिदै बुटवल ट्रान्जिट शहरका रुपमा विकास भएको हुदा यहाको कल्चर बुझाउदै त्यसलाई सदुपयोग गरेमा पर्यटक आर्कषक गर्न सकिने सम्भावना बताइएको थियो ।

रुपन्देहीको पर्यटन क्षेत्रको अवस्थाका बारेमा अवधारणा राख्दै लेखक युवराज कडेलले पर्यटनको विकास गर्न सेवा र कथा जरुरी रहने बताउनु भयो । उहाले पर्यटन सुचना केन्द्रको आवश्यकता रहेको र ब्यवसायिक संस्थाहरुबाट नै पर्यटनको विकासमा नया पुस्तालाई जोडेर अघि बढाउन जरुरी भएको सुझाव दिए ।

लुम्बिनी विश्वविद्यालयका विभागीय प्रमुख डा. श्रीप्रसाद भट्टराईले पछिल्लो समयमा हाम्रा सांस्कृति धरोहरहरु मठमन्दिर लगायतका आस्थाका केन्द्रहरुको नक्कली बनाउने (डेष्टिनेशन डुब्लिकेशन) विषयले मौलिक पर्यटनको विकासमा दीर्घकालिन गम्भिर समस्या उत्पन्न हुने चेतावनी दिएका थिए ।

कार्यक्रमको दोस्रो सत्रमा नेपाल पर्यटन बोर्डका सिनियर म्यानेजर सुमन घिमिरे, पर्यटन डिभिजन कार्यालय रुपन्देहीका प्रमुख नेत्र प्रसाद भुसाल, वरिष्ठ पर्यटन ब्यवसायी माधव नेपाल, नाटा लुम्बिनी प्रदेशका पूर्व अध्यक्ष सागर अधिकारीसंग सामुहिक सम्बाद तथा अन्तरक्रिया गरिएको थियो । सो सम्बाद कार्यक्रम पत्रकार प्रदिप आचार्यले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १८ जेष्ठ २०८३, सोमबार  ९ : १३ बजे

३३ एसएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को

न्यायसम्पादनमा इमान्दारीपूर्वक लाग्न प्रधान न्यायाधीशको २१ बुँदे निर्देशन

काठमाडौँ । प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश

“रुपन्देहीको पर्यटन उद्योगका अवसर र चुनौती” : पर्यटन नीतिमा आमुल परिर्वतनको खोजी

बुटवल । नेपालको पर्यटन क्षेत्रमा रहेका समस्या समाधान गरि सो

सांसदले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदको आइतबारको बैठकमा सांसद

कृष्णबहादुर महरासँग १ लाख धरौटी माग

काठमाडौँ । विद्युतीय सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी