२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

देशभर आंशिकदेखि सामान्य बदली, केही स्थानमा वर्षा र चट्याङको सम्भावना



काठमाडौं । आज देशका अधिकांश स्थानको मौसम सामान्यतया बदली रहने भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने तराई क्षेत्रका अधिकांश स्थानमा आंशिक बदली रहने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मी रहने तथा तातो दिनको अवस्था कायम रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् । त्यस क्षेत्रका नागरिकलाई अत्यधिक गर्मीबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

आज राति भने देशको हिमाली भू-भागमा साधारणतया बदली रहने, पहाडी भू-भागमा आंशिक बदली रहने तथा तराई क्षेत्र मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

रातिको समयमा कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  ६ : ४९ बजे

क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा पाँच नेपाली नागरिक पक्राउ

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले रुपन्देहीको सिद्धार्थनगर

अधुरा तथा अपूरा आयोजनाको विवरण सङ्कलन गर्न समिति गठन

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेशअन्तर्गत रहेका अधुरा तथा अपूरा

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडौँ । हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीले

चीनमा कार्गो जहाजमा आगलागी : कम्तीमा २० जनाको मृत्यु

काठमाडौँ । चीनको पूर्वी भागस्थित एक बन्दरगाहमा राखिएको विदेशी झण्डावाहक

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौ. । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ