२४ भदौ २०८३, बुधबार | September 9, 2026

सम्पत्ति विवरण मागेपछि सरकारसँग ओली आक्रोशित, भने- ‘खरानी छ, उठाएर लैजा’



काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारप्रति कडा असन्तुष्टि व्यक्त गर्दै आफ्नो सम्पत्ति नै आगो लगाएर खरानी बनाइएको अवस्थामा सम्पत्ति विवरण मागिएको भन्दै आक्रोश पोखेका छन् ।

निर्वाचनपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले आफूले निर्वाचनबाट बनेको सरकारलाई स्वीकार गरे पनि सरकारले निरन्तर आफूविरुद्ध प्रहार गरिरहेको आरोप लगाए ।

उनले कसैको अवैध वा अकुत सम्पत्ति भए कानुनअनुसार छानबिन गर्न आग्रह गर्दै आफ्नो सम्पत्तिको विषयमा भने व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिए ।

“कसैको अकुत सम्पत्ति देख्यो भने छानबिन गरोस्। आगो लगाएर खरानी बनाएको ठाउँमा मेरो सम्पत्ति विवरण मागिन्छ ? सम्पत्ति विवरणमा खरानी भर्दिने मैले ?” ओलीले भने, “आगो लगाएर पुगेन, फेरि सम्पत्ति विवरण रे ! खरानी छ, उठाएर लैजा सरकार । के को सम्पत्ति विवरण ?”

ओलीले सरकारको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफूलाई लक्षित गरी विभिन्न प्रकारका आरोप र प्रहार भइरहेको दाबी गरे । उनका अनुसार लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई सम्मान गरे पनि सरकारबाट निष्पक्ष व्यवहार नपाएको महसुस भएको छ ।

उनको यो अभिव्यक्ति पछिल्लो राजनीतिक घटनाक्रम र सरकारसँगको बढ्दो राजनीतिक टकरावको सन्दर्भमा आएको रूपमा हेरिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८३, बुधबार  २ : ०८ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको