३० भदौ २०८३, मंगलबार | September 15, 2026

पश्चिमी प्रभाव सक्रिय : पहाडमा वर्षा, तराईमा गर्मी बढ्ने सम्भावना



काठमाडौं । मुलुकको पश्चिमी क्षेत्र आसपास रहेको न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा तथा केही स्थानमा गर्मी बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने अन्य पहाडी क्षेत्रमा आंशिक बदली र तराईका अधिकांश स्थानमा मौसम मुख्यतः सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ । हिमाली तथा पहाडी क्षेत्रका केही स्थान तथा मधेस र कोशी प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने अनुमान गरिएको छ ।

त्यसैगरी, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने सम्भावना रहेकाले गर्मीको प्रभाव थप बढ्न सक्ने महाशाखाले जनाएको छ ।

आज राति हिमाली भूभागमा सामान्यतया बदली रहने, पहाडी भूभाग तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली रहने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ । कोशी, मधेस र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ ।

महाशाखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने जनाएको छ ।

मौसमविद्हरूले विशेषगरी मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८३, बिहिबार  ७ : २६ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ