५ श्रावण २०८३, मंगलबार | July 21, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा फेरी भेटौला कार्यक्रम



बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुक्रबार ‘फेरी भेटौला’ कार्यक्रम सम्पन्न भएको छ । अस्पताल बिकास समितिका सदस्य लक्ष्मी भट्टराईले आफ्नो ३ वर्षे कार्यकाल पूरा गरी विदा भएको अवसरमा उनलाई अस्पताल परिवारले सम्मानसहित शुभकामना व्यक्त गरेको हो ।

सो अवसरमा बोल्दै अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठले कुनै पनि संस्थामा नेतृत्व आउने जाने क्रम चलिरहने भएपनि संस्थामा छोडेर जाने पदचाप सधै जीवित रहने उल्लेख गरे । अस्पताल बिकास समितिले गर्ने हरेक निर्णयहरुमा विवेकपूर्ण र दूरदर्शी सुझाव तथा प्रस्तवाहरु ल्याउन सक्ने क्षमताको प्रसङ्सा गर्दै अध्यक्ष श्रेष्ठले सदस्यबाट विदा भएकी भट्टराईलाई आगामी यात्रामा थप सफलताको शुभकामना व्यक्त गरे ।

अस्पतालको सेवा बिस्तार तथा गुणस्तर वृद्धिको पक्षमा बिकास समिति सधै सचेत र कटिबद्ध भएको बताउँदै उनले सोही अनुसार चिकित्सक, कर्मचारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई जिम्मेवार भएर सेवामा लाग्न आग्रह समेत गरे ।

विदाई कार्यक्रममा बोल्दै निवर्तमान सदस्य भट्टराईले आफू संस्थाको नेतृत्वमा नरहँदा पनि अस्पतालको बिकासका लागि सधै चासो र निगरानी जारी रहने उल्लेख गरिन् । ३ वर्षको अवधिमा अस्पताल भित्र रहेका धेरै समस्या, चुनौति तथा सम्भावनाहरु बारे जानकार हुन पाएको बताउँदै उनले जन अपेक्षा अनुसार सेवालाई थप प्रभावकारी बनाउँदै लैजानु पर्नेमा जोड दिइन् ।

अस्पतालकी नवनियुक्त सदस्य उमादेवी ढकाल (कल्पना)ले निवर्तमान सदस्य भट्टराईलाई विदाई गर्दै अग्रजहरुको अनुभव र सुझावलाई मनन् गरेर अगाडि बढ्ने प्रतिवद्धता गरिन् ।

अस्पताल प्रमुख मेडिकल सुपेरिटेन्डेन डा. विष्णुप्रसाद गौतमले स्वास्थ्य सेवा प्रभावहलाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने सवामाल अस्पताल बिकास समितिको महत्वपूर्ण योगदा रहेको चर्चा गरे । अस्पतालमा रहेर आफूले विगत २ दशकदेखि सेवा प्रदान गर्दाको अनुभव र नेतृत्वमा आएपछि भेटिएका चुनौतिहरुको सामना गर्दै जाँदा बिकास समितिको महत्वलाई थप नजिकबाट बुझ्ने मौका पाएको उनले बताए ।

अस्पतालमा विशेषज्ञ सेवाहरु थपिँदै जानुका साथै जनअपेक्षा पनि चुलिँदो भएकाले अस्पतालको क्षमता र सेवाग्राहीको चापलाई व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको उल्लेख गरे । अस्पतालमा प्रशासकीय प्रमुख प्रेम गौतमको सञ्चालनमा आयोजित कार्यक्रममा विभागीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ३ : १७ बजे

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा