२४ जेष्ठ २०८३, आइतबार | June 7, 2026

रास्वपा बाँकेमा पुनः निर्वाचनको तयारी



नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको नेपालगन्जमा जारी प्रथम जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि पुनः निर्वाचनको तयारी गरिएको छ । उम्मेदवारी दिएका चार जनाले ५१ प्रतिशत मत कटाउन नसकेपनि पुनः निर्वाचनको तयारी गरिएको हो । रास्वपाको बिधान बमोजिम बढी मत प्राप्त गर्ने २ जना बीच पुनः निर्वाचन गरेर नेतृत्वको टुँगो लगाउने तयारी गरिएको बताइएको छ । यद्देपी नेताहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास पनि थालेका छन् ।

शनिबार भएको अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेक कुमार श्रेष्ठले ८५ मत, आनन्द बाबु काफ्लेले ५२, हरिपाल सिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए । कसैलेपनि ५१ प्रतिशत मत कटाउन नसकेपछि नेतृत्व चयनका लागि नयाँ प्रयास थालिएको रास्वपा नगर सपभाति नविन खड्काले बताए । उनले सहमतिमै नेतृत्व टुंगो लगाउन छलफल भैरहेको बताउँदै सहमति नभए पुनः नेतृत्वका लागि मतदान हुने जानकारी दिए । अव विवेक कुमार श्रेष्ठर आनन्द बाबु काफ्लेबीच प्रतिस्पर्धा गराएर सभापतिको टुंगो लगाइने सहभागी यसअघिका सभापतिका प्रत्यासी विनोद अग्रहरीले बताए ।

अन्य पदमा भने निर्वाचनको माध्यमबाट टुंगो लागेको छ । रास्वपा बाँके जिल्ला उपसभापति पदमा ईश्वरी लामीछाने ११९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार बिष्टले ६८ मत प्राप्त गरेका छन् । सचिव पदमा शुभम कुमार गुप्ता र सहसचिव पदमा फारुक गुज्जर निर्वाचित भएका छन् ।

जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ, दलित सदस्यतर्फ स्मृति नेपाली निर्वाचित हुँदा खुला सदस्यतर्फ यमुना कुमारी थापा मगर, एकलाल थापा क्षेत्री र हेमराज बराल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २४ जेष्ठ २०८३, आइतबार  १२ : ४६ बजे

परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको तीनदिने औपचारिक भ्रमण सम्पन्न

सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान

नौ बुँदे टीकापुर सन्देशपत्र जारी गर्दै अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सम्पन्न

कैलाली । अन्तर–व्यवस्थापिका मञ्चको ११ औँ सम्मेलन सहकार्य र अन्तरआबद्धतालाई

रूपन्देही क्रिकेट संघको अध्यक्षमा शक्ति गौचनको उम्मेदवारी घोषणा

बुटवल । क्रिकेट संघ रूपन्देहीको पाँचौँ अधिवेशनबाट चयन हुने नयाँ

रुपन्देहीको शुद्धोधन गाउँपालिका बकुलीमा टिपरको तीव्र गति विरुद्ध स्थानीयको विरोध, केही समय सडक अवरुद्ध

रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिका-५ बकुलीमा नदीजन्य पदार्थ बोकेर आवतजावत