९ भदौ २०८३, मंगलबार | August 26, 2026

रास्वपा बाँकेको सभापतिमा श्रेष्ठ विजयी



नेपालगन्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापति पदमा विवेककुमार श्रेष्ठ विजयी भएका छन् । सभापति पदका लागि बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनःमतदान हुनुपर्नेमा आज आपसी सहमतिमा श्रेष्ठलाई सभापति पद प्रदान गरिएको हो ।

रास्वपा सभापति पदका उम्मेदवारले ५१ प्रतिशत मत ल्याउनुपर्ने वैधानिक व्यवस्था रहे पनि शनिबार भएको अधिवेशनमा सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत ल्याएका थिएनन् । रास्वपा नगरसपभाति नवीन खड्काले सहमतिमै नेतृत्व टुङ्गो लगाउन सफल भएको जानकारी दिए ।

सभापति खड्काले आफ्नो पार्टीले देखेको सुशासन र जवाफदेही शासन प्रणाली सपना पूरा गर्न बाँकेमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने उल्लेख गरे ।

सभापति खड्काले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सङ्गठन विस्तारमा जोड दिइने जानकारी दिँदै अधिवेशनमा पक्ष वा विपक्ष हुनु सामान्य विषय भएको बताए ।

सो प्रथम जिल्ला अधिवेशनबाट सभापति पदका उम्मेदवार विवेककुमार श्रेष्ठले ८५ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी आन्नदबाबु काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत प्राप्त गरेका थिए ।

उपसभापति पदमा विजयी ईश्वरी लामिछाने ११९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी रामकुमार विष्टले ६८ मत प्राप्त गरे । सचिव पदमा शुभमकुमार गुप्ता १०० मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी बुद्धिसागर सुवेदीले ८९ मत प्राप्त गरे । सहसचिव पदमा फारुक गुज्जर निर्विचित भए ।

जातीय प्रतिनिधि सदस्यतर्फ कमर जहाँ १२१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी सहजाद अली जोलाहले ५७ मत प्राप्त गरे । दलित सदस्यतर्फ स्मृति नेपाली १४५ मतसहित निर्वाचितभए भने मनोज नेपालीले ३७ मत प्राप्त गरे ।

खुला सदस्यतर्फ यमुनाकुमारी थापामगर १४९, एकलाल थापा क्षेत्री १३८ र हेमराज बराल १२८ मल ल्याएर निर्वाचित भएका छन् । सदस्य पदका उम्मेदवार सौरभ कर्मचार्यले ७३ मत प्राप्त गरे ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १२ : ०८ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त