३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

बीस विद्यालयलाई ल्यापटप वितरण



हुम्ला । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा रहेका २० सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको छ । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरिएको हो ।

करिब रु ४५ लाखबराबरको ४० थान ल्यापटप वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत भलाराम पङ्गालीले बताए । गाउँपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा प्रदान तथा डिजिटल सिकाइ वातावरण निर्माण गर्ने लक्ष्यसहित ल्यापटप हस्तान्तरण गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत पङ्गालीले शिक्षामा गरिएको लगानी भविष्यमा मानव संशाधन विकास र समग्र गाउँपालिकाको समृद्धिसँग जोडिएको बताए । उनले विद्यालयमा ल्यापटप मात्र वितरण गरेर नरोकिने, यसको प्रभावकारी उपयोगका लागि आवश्यक तालिम तथा व्यवस्थापनमा समेत सहयोग गर्ने जानकारी दिए ।

सिमकोट गाउँपालिकाले पछिल्ला वर्षहरूमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालय पूर्वाधार सुधार, शैक्षिक सामग्री व्यवस्थापन, शिक्षक क्षमता विकास तथा डिजिटल शिक्षामा लगानी, ग्रामीण क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्न भूमिका खेल्न ल्यापटप वितरण गरेको अधिकृत पङ्गालीले बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ७ : ०७ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा