२ श्रावण २०८३, शनिबार | July 18, 2026

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन । आइतबार तिलोत्तमा नगरपालिका-५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भएका हुन ।

उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गरेका छन । यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी भएका छन । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गरे । सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गरे ।

सहसचिवमा बाबुराम अर्याल दुई सय ७९ मतसहित विजयी भए भने प्रतिस्पर्धी प्रेमनारायण तिवारीले एक सय ४८ मत प्राप्त गरे । कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेन नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेन नं ३ मा छविलाल शर्मा, क्षेन नं ४ मा विश्वनाथ शर्मा र क्षेन नं ५ मा शेषकान्त गैरे (समिर) विजयी भएका छन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  ७ : २६ बजे

बुटवलको राजमार्ग चौराहामा टिप्परको ठक्करबाट स्कुटी चालकको मृत्यु

बुटवल । बुटवलको राजमार्ग चौराहामा भएको सवारी दुर्घटनामा एक स्कुटी

अक्सफोर्ड माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थी स्वागत तथा उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न

बुटवल । बुटवलस्थित अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूको

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आगमन वृद्धि भएको छ

चीनको चोङकिङमा पहिरो : आठको मृत्यु, ३४ जना बेपत्ता

चोङकिङ । चीनको दक्षिणपश्चिमी सहर चोङकिङमा पहिरोमा परी कम्तीमा आठजनाको

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन भाद्र १ गते

नेपालगन्ज । दलगत प्रतिस्पर्धाको परम्परा रहँदै आएको नेपालगन्ज उद्योग वाणिज्य