२९ भदौ २०८३, सोमबार | September 15, 2026

संसदमा प्रधानमन्त्री आउनुहुन्न : रवि; प्रधानमन्त्री नआए संसद चल्दैन : विपक्षी



काठमाडौं । संसदमा जारी अवरोध अन्त्य गर्ने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक निष्कर्षविहीन बनेको छ । विपक्षी दलहरूले आफ्ना माग सम्बोधन नभएसम्म संसद अवरोध जारी राख्ने अडान दोहोर्‍याएपछि तत्काल संसदीय गतिरोध अन्त्य हुने सम्भावना कमजोर देखिएको छ ।

सोमबार सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बसेको बैठकमा लामिछानेले संसदको अवरोध हटाउन विपक्षी दलहरूसँग आग्रह गरेका थिए । उनले सरकारको धारणा स्पष्ट पार्ने विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिसकेको र संसदमा पनि त्यसबारे प्रष्ट पार्न सकिने बताएका थिए ।

बैठकमा लामिछानेले नेपाल–भारत सीमा सम्बन्धी विषयमा उठेका प्रश्नहरूको जवाफ सरकारका तर्फबाट परराष्ट्रमन्त्री शिशिर खनालले दिने प्रस्ताव गरेका थिए । आवश्यक परे आफूले पनि संसदमा धारणा राख्न सक्ने उनको भनाइ थियो । तर, प्रधानमन्त्री बालेन्द्र शाहले भने यस विषयमा संसदमा जवाफ नदिने उनले स्पष्ट पारे ।

“परराष्ट्रमन्त्रीले जवाफ दिनुहुन्छ, आवश्यक परे म पनि बोल्न सक्छु । तर प्रधानमन्त्री बोल्नुहुन्न,” बैठकमा लामिछानेले राखेको धारणा उद्धृत गर्दै सहभागीहरूले बताएका छन् ।

प्रधानमन्त्री शाहले संसदमा नेपाल–भारत सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्ति तथा हालै पारित प्रतिनिधिसभा नियमावलीप्रति असन्तुष्टि जनाउँदै विपक्षी दलहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । विपक्षीहरूको माग प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिएर संसदमा माफी माग्नुपर्ने रहेको छ । उनीहरूले प्रतिनिधिसभा नियमावली पनि प्रक्रियाविपरीत जबरजस्ती पारित गरिएको आरोप लगाउँदै सभामुख डोलप्रसाद (डीपी) अर्यालप्रति समेत असन्तुष्टि व्यक्त गरेका छन् ।

बैठकमा संसदको गतिरोध, समसामयिक राजनीतिक अवस्था तथा सहमतिको सम्भावनाबारे छलफल भए पनि कुनै ठोस सहमति जुट्न सकेन । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार लामिछानेले संसद सुचारु गर्न सबै दललाई सहयोग गर्न आग्रह गरेका थिए । तर विपक्षी दलहरूले आन्तरिक छलफलपछि मात्रै थप निर्णय गर्ने जवाफ दिएका छन् ।

सर्वदलीय बैठकपछि पनि विपक्षी दलहरू आफ्नो अडानबाट पछि नहटेपछि संसदमा देखिएको गतिरोध तत्काल अन्त्य हुने सम्भावना न्यून बनेको छ । सरकार र विपक्षीबीच संवाद जारी राख्ने सहमति भए पनि अवरोध हटाउने विषयमा कुनै साझा निष्कर्ष निस्कन सकेको छैन ।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १ : ०८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ