९ कार्तिक २०८३, सोमबार | October 26, 2026

प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने वर्षमान पुनको माग



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याएर प्रतिनिधिसभाको अभिलेखबाट हटाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पुनले प्रधानमन्त्रीको भनाइले अनावश्यक विवाद सिर्जना गरेको उल्लेख गर्दै त्यसलाई संसदीय प्रक्रियाअनुसार सच्याउनुपर्ने धारणा राखे। उनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै विवादित विषयलाई संवादमार्फत समाधान गर्न आग्रह गरे।

“राजनीतिक दलहरूबीच विभिन्न विषयमा असहमति हुन सक्छन्, तर संसद अवरुद्ध हुनु उचित होइन,” पुनले भने, “प्रधानमन्त्रीको अभिव्यक्तिको विषय सच्याइनुपर्छ र संसद्को रेकर्डबाट हटाइनुपर्छ।”

प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै संसदमा निरन्तर अवरोध गर्दै आएका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १ : ३६ बजे

बिहीबार मध्याह्नदेखि शुक्रबार रातिसम्म भीषण वर्षा र हिमपात हुने

काठमाडौं । बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीका कारण बिहीबारदेखि

खोटाङमा खुकुरी प्रहारबाट एउटै परिवारका चार जना गम्भीर घाइते

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

प्रतितोला तीन हजार रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ कात्तिक १२ गते

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले कात्तिक

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छ : मन्त्री रावल

चितवन । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री