८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने वर्षमान पुनको माग



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याएर प्रतिनिधिसभाको अभिलेखबाट हटाउन माग गरेका छन्।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै नेता पुनले प्रधानमन्त्रीको भनाइले अनावश्यक विवाद सिर्जना गरेको उल्लेख गर्दै त्यसलाई संसदीय प्रक्रियाअनुसार सच्याउनुपर्ने धारणा राखे। उनले संसद नियमित रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिँदै विवादित विषयलाई संवादमार्फत समाधान गर्न आग्रह गरे।

“राजनीतिक दलहरूबीच विभिन्न विषयमा असहमति हुन सक्छन्, तर संसद अवरुद्ध हुनु उचित होइन,” पुनले भने, “प्रधानमन्त्रीको अभिव्यक्तिको विषय सच्याइनुपर्छ र संसद्को रेकर्डबाट हटाइनुपर्छ।”

प्रधानमन्त्री शाहले केही दिनअघि प्रतिनिधिसभामा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा नेपालले पनि भारतको केही भूमि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विपक्षी दलहरूले त्यसको विरोध गर्दै संसदमा निरन्तर अवरोध गर्दै आएका छन्।

प्रकाशित मिति : २५ जेष्ठ २०८३, सोमबार  १ : ३६ बजे

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत

सम्झना चोकदेखि खजुरा क्यान्सर गेटसम्म नगरबस संचालन हुँदै

खजुरा । बागेश्वरी यातायात प्रालिले बैजनाथ गाउँपालिकाको सम्झना चौक देखि