३१ बैशाख २०८३, बिहिबार | May 14, 2026

नीति तथा कार्यक्रम यथास्थितिवादी, स्पष्ट दिशा र प्राथमिकता छैन : वर्षमान पुन



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले स्पष्ट मार्गचित्र, दिशा र प्राथमिकता समेट्न नसकेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै पुनले उक्त कार्यक्रम यथास्थितिवादी भएको र यसले जनताको उच्च अपेक्षा सम्बोधन गर्न नसक्ने बताए।

उनले नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय उपलब्ध नगराइएको भन्दै असन्तुष्टि व्यक्त गरे। विगतमा कम्तीमा पाँच दिनसम्म विस्तृत छलफल हुने र त्यसपछि प्रि–बजेट छलफलका आधारमा बजेट निर्माण गरिने परम्परा रहे पनि यसपटक अत्यन्तै कम समय दिइएको उनको भनाइ थियो।

पुनले प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर प्रतिपक्षी दलका नेताहरूले उठाएका प्रश्नको जवाफ दिँदै आफ्ना कार्यक्रमको औचित्य पुष्टि गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्रीकै नीति तथा कार्यक्रम भए पनि त्यसमा उनको स्वामित्व र सक्रियता पर्याप्त नदेखिएको उनको टिप्पणी थियो।

‘राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव आफैं प्रस्तुत गर्ने तर त्यसको पक्षमा पर्याप्त रूपमा उभिन नसक्ने नयाँ र अनौठो अभ्यास संसद्मा देखिएको छ,’ पुनले भने। संसदलाई कसरी अघि बढाउने भन्ने दायित्व संसदको नेता प्रधानमन्त्रीकै भएको उनले जिकिर गरे ।

दुईतिहाइ नजिकको समर्थन प्राप्त सरकारसँग जनताले ठूलो अपेक्षा राखेको स्मरण गराउँदै उनले नीति तथा कार्यक्रम र सत्तारूढ दलको चुनावी प्रतिबद्धताबीच तादात्म्यता नदेखिएको बताए।

‘सत्तारूढ दलको सयबुँदे कार्ययोजना र नीति तथा कार्यक्रममा मेल देखिँदैन। सरकारको प्राथमिकता के हो भन्ने कुरा अझै स्पष्ट छैन,’ उनले भने।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ५ : २० बजे

त्रिविको उपकुलपतिको जिम्मेवारी बज्राचार्यलाई

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका

‘पार्टी सदस्यका समस्या समाधान गर्न क्रियाशील सदस्यता अद्यावधिक गरिने’

पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको तल्लो तहमा

नीति तथा कार्यक्रम यथास्थितिवादी, स्पष्ट दिशा र प्राथमिकता छैन : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं सांसद वर्षमान पुनले

प्रधानमन्त्री जवाफ दिन नआए सदन बहिष्कार गर्छौं : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृतिका पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको नीति

एमाले सचिवालय बैठक जेठ २ गते बस्ने

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक जेठ २ गते बस्ने