११ असार २०८३, बिहिबार | June 25, 2026

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै भोजपुर मैदानेका किसान



भोजपुर । अरुण गाउँपालिका-७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएपछि यहाँका कृषकले रुद्राक्षलाई मुख्य आयस्रोत बनाएका हुन् ।

स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्षबाट यहाँका किसानले वार्षिक न्यूनतम १ लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउँछन्,” थापाले भने, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन । यसले किसानलाई थप उत्साहित बनाएको छ ।” मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्षका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो भइरहेको किसानको अनुभव छ । एक पटक बिरुवा रोपेपछि लामो समयसम्म फल दिने हुनाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बनेको हो ।

वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको छ । “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी लिइरहेका छन्,” वडाध्यक्ष थापाले भने, “त्यसैले यसको विस्तार र प्रवर्द्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ ।” वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम र बजार व्यवस्थापनमा समेत ध्यान दिने योजना बनाएको छ ।

पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई पहिलो प्राथमिकतामा राखेका छन् । वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदानेका अधिकांश किसान यो खेतीमा लागेका हुन् । ग्रामीण सडकको पहुँच विस्तार भएका कारण पनि रुद्राक्ष खरिद-बिक्रीमा सहजता भएको किसानको भनाइ छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ६ : ५६ बजे

स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्बासीको चेतावनी, ‘होल्डिङ सेन्टरबाट हटाए पुरानै बासस्थान फर्किन्छौं’

काठमाडौं । होल्डिङ सेन्टरमा राखिएका भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले

तरकारी उत्पादनमा दोब्बरले वृद्धि

मलेखु । आधुनिक कृषि प्रविधिको बढ्दो प्रयोग र प्राविधिक ज्ञानको

मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश

काठमाडौँ । सशस्त्र प्रहरी बलले मनसुनजन्य विपद् प्रतिकार्यका लागि देशका

रास्वपाको मतदान सम्पन्न, ११ सय बढी प्रतिनिधि मतदानमा सहभागी भएनन्

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका

रास्वपाले स्वीकार्यो महाधिवेशनको व्यवस्थापकीय कमजोरी, ६० प्रतिशत मतदान सम्पन्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम महाधिवेशनअन्तर्गत भएको मतदानमा