२५ भदौ २०८३, बिहिबार | September 10, 2026

करका दर हेरफेरका विषयमा छानबिन गर्नुपर्ने माग



काठमाडौं । राष्ट्रियसभाका सदस्यहरूले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करका दर फेरफेर गरेको आरोप लगाउँदै त्यसबारे छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।

सभाको आजको बैठकको आकस्मिक समयमा सांसद तुलप्रसाद विश्वकर्माले भने “आर्थिक विधेयक सदनमा प्रस्तुत गरिसकेको २४ घण्टा नहुँदै विधेयकको १६ पेज गायब गरेर त्यसमा पेज घटाएर अर्को विधेयक निकालिएको विषय छापाहरूमा आइरहेको छ, यो विषयमा स्पष्ट हुनुपर्छ ।”

सांसद रेनु चन्दले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले करको दरमा हेरफेर गर्नुभएको आरोप लगाउँदै त्यसबारे छानबिन समिति गठन हुनुपर्नेमा जोड दिइन।

सांसद नारायणदत्त मिश्र र मीनासिंह रखालले प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल–भारत सम्बन्धका विषयमा दिएको अभिव्यक्तिबारे संसद्लाई जवाफ दिनुपर्ने माग गरे । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २८ गते अपराह्न १ः०० बजे बस्नेछ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  २ : ३९ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब आवश्यक

काठमाडौं । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

राष्ट्रपतिसमक्ष लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष लोक सेवा आयोगका कार्यवाहक अध्यक्ष

प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृतदेखि सचिव बढुवासम्म, मन्त्रिपरिषद्का ७ निर्णय

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको संयुक्त

उद्योगमन्त्रीमा दीपककुमार साह सिफारिस, आजै शपथ

काठमाडौं । सुनसरी क्षेत्र नम्बर–४ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व शान्तिधाम लुम्बिनीको पहलमा विश्व शान्ति पूजा हुँदै

बुटवल । विश्व शान्तिधाम लुम्बिनीले भोटेकोशी बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली,