२९ भदौ २०८३, सोमबार | September 15, 2026

गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुनले लिए शपथ



काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई आज अपरान्ह पद तथा गोपनीयताको शपथ गराएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा-१ बाट निर्वाचित गुरुङ यसअघि पनि २७ दिन गृहमन्त्री बनेका थिए । तर सम्पत्तिका विषयमा विवादित बनेपछि उनी गत वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए । सम्पत्ति छानविन गर्न बनेको समितिले क्लिनचिट दिएपछि गुरुङ पुनः गृहमन्त्री बन्न सफल भएका हुन् । उनी प्रधानमन्त्री बालेन्द्र शाहका प्रियपात्र हुन् ।

यस्तै, महावीर पुन स्वतन्त्र उम्मेदवारका रूपमा म्याग्दीबाट निर्वाचित सांसद हुन्। यसअघि उनी सुशीला कार्कीको प्रधामन्त्रित्व कालमा शिक्षामन्त्री बनेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०८३, मंगलबार  ५ : ०७ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ