१० भदौ २०८३, बुधबार | August 26, 2026

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’



म्याग्दी । यहाँको अन्नपूर्ण गाउँपालिका-४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक-कर्मचारीको सङ्ख्या बराबर रहेको छ । कक्षा ३ सम्म पठनपाठन हुने उक्त विद्यालयको कक्षा १ र २ मा विद्यार्थी सङ्ख्या शून्य छ । विसं २०४० मा स्थापना भएको यस विद्यालयको बालकक्षामा एक जना र कक्षा ३ मा दुई जना विद्यार्थी छन् ।

यहाँ शिक्षक-कर्मचारीको सङ्ख्या पनि तीन नै रहेको छ । स्थायी दरबन्दीका शिक्षक शान्ति राम्जाली प्रधानाध्यापक, बालशिक्षा सहजकर्ता शिखा बोहोरा क्षेत्री र सुर्जना रोका सहयोगी छन ।

यहाँ रहेका विद्यार्थीमध्ये जेसिका खड्का यसपालि बालकक्षामा भर्ना भएकी हुन भने नेलसन रोका र श्रीसा खड्का कक्षा २ उत्तीर्ण भएर कक्षा ३ मा भर्ना भएका हुन ।

प्रधानाध्यापक राम्जालीले बसाइँसराइ बढ्दै र जन्मदर घट्दै गएकाले त्यसको असर विद्यालयमा देखिएको बताईन । “विद्यालयको सेवा क्षेत्रमा पर्ने भालेबासमा १५ र कोप्चेपानीमा १० घरपरिवारको बसोबास छ”, उनले भनिन, “विसं २०७२ सम्म १५-२० जनासम्म विद्यार्थी थिए । नयाँ बच्चा जन्मने दर घटेको र बसाइँसराइ गरेर अन्यत्र जाने दर बढेकाले यस्तो समस्या भएको हो ।”

यसअघि विसं २०७५ मा कोप्चेपानीमा रहेको विद्यालय भवन कालीगण्डकीमा आएको बाढीले बगाएपछि भालेबासमा स्थानान्तरण गरिएको थियो । सुविधायुक्त भवन, शौचालय र बालमैत्री कक्षा भए पनि विद्यार्थी सङ्ख्या न्यून हुँदा विद्यालय सुनसान छ । विद्यार्थी सङ्ख्या कम भएकाले गत वर्ष गाउँपालिकाले एक जना शिक्षकको दरबन्दी कटौती गरेको थियो ।

स्थानीयवासी तुलाराम बुढाले बसाइँसराइकै कारण गाउँ रित्तिँदै गएकाले विद्यार्थी सङ्ख्या पनि कम हुँदै गएको बताए । “भालेबास र कोप्चेपानीको छिमेकी गाउँ गाडपार र काभ्रेमा पुग्न बालबालिकालाई करिब एक घण्टा पैदल हिँड्नुपर्छ”, उनले भने, “गाउँमा भएका विद्यार्थीलाई शिक्षाको अधिकारबाट वञ्चित हुन नदिन सङ्ख्या कम भए पनि विद्यालय सञ्चालन गर्नुपर्ने बाध्यता छ ।”

अन्नपूर्ण गाउँपालिकाअन्तर्गत रहेका ठाडा, किन्दु, स्वाँत, घराप, चित्रेका आधारभूत विद्यालयमा पनि विद्यार्थी सङ्ख्या न्यून छ । भौगोलिक विकटता र छरिएका बस्तीहरूमा भएका विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएपछि कक्षा घटुवा, दरबन्दी व्यवस्थापन गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ९ : ४४ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त