२८ भदौ २०८३, आइतबार | September 14, 2026

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ



नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरिएको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित बरपिपल प्रतिक्षालयबाट १ किलो २०० ग्रामअफिम सहित २ जनालाई पक्राउ गरेको हो ।

मंगलबार राति करिब १० बजे विशेष सूचनाका आधारमा खटिएको प्रहरीको संयुक्त टोलिले वैजनाथ गाउँपालिका–३ नौवस्ताका २९ वर्षीय विशाल थापा मगर र कोहलपुर नगरपालिका–१ कौशिलानगरका ४८ वर्षीय गगन बहादुर परियारलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रहरीका अनुसार विशालको शरीर खानतलासी गर्दा रातो रङको प्लास्टिकभित्र लुकाई राखेको अवस्थामा १ किलो २०० ग्रामअफिम बरामद गरेको हो । साथै घटनास्थलबाट एक थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा बरामद अफिम कारोबारमा कोहलपुर नगरपालिका–१ कौशिलानगरका परियारको समेत संलग्नता रहेको बिशालको बयानको आधारमा प्रहरीले परियारलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठौरले बताए । उनले लागुऔषध मुद्दामा पक्राउ परेकाहरुलाई म्याद लिएर अनुसन्धान थालिने जानकारी दिए । परियारको साथबाट समेत एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद अफिम तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको राखेर अनुसन्धान अगाडि बढाइएको डीएसपी राठौरले बताए ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  २ : २८ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा