१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ



काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गर्ने कार्यमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक गतिविधि सञ्चालन गरेको अभियोगमा मकवानपुर मनहरी गाउँपालिका-२ घर भई काठमाडौं बस्ने ३३ वर्षीय विकास भुलनसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त गौशाला समेतबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले फेसबुक, ह्वाट्सएप लगायतका माध्यमबाट युवतीहरूको फोटो तथा भिडियो देखाई ग्राहकसँग मोलमोलाई गर्ने, सेटिङ मिलाउने तथा ट्याक्सी र निजी सवारी साधन प्रयोग गरी गौशाला क्षेत्रको शम्भुमार्ग र बत्तीसपुतली क्षेत्रका विभिन्न होटलमा पुर्‍याई यौनजन्य गतिविधि गराएको खुल्न आएको छ ।

उनीहरू उपर अभद्र व्यवहार गर्न नहुने कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८३, बुधबार  ३ : १२ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध