२९ जेष्ठ २०८३, शुक्रबार | June 12, 2026

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम



बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना फैलाउने उद्देश्यले बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु हुँदैछ । ग्रासल्याण्ड रेष्टुरेन्ट एण्ड बारमा आयोजना हुने तीनदिने फेस्टिभल जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ ।

व्यस्त शहरी जीवनशैलीका कारण बढ्दो मानसिक तनावलाई मध्यनजर गर्दै मनोरञ्जन, स्वास्थ्य, योग तथा सामुदायिक सहभागितालाई एकै थलोमा समेटेर कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । फेस्टिभलमा संगीत, कला, खानपान, वेलनेस गतिविधि तथा विविध सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् ।

कार्यक्रममा बियर फेस्टिभल, फुड फेस्टिभल, आइसक्रिम स्टल, किड्स जोन, पारिवारिक मनोरञ्जन, डीजे सेसन तथा सांस्कृतिक प्रस्तुतिहरू रहनेछन् । पहिलो दिन स्थानीय ब्याण्ड ‘बसन एण्ड द क्रुज’को प्रस्तुति रहनेछ भने प्रवेश निःशुल्क गरिएको छ । शनिबार र आइतबार परिवर्तन ब्याण्ड, डिजे शशांक, द ब्याकडोर मेन, डिजे राजदिनलगायतका कलाकारहरूको प्रस्तुति रहनेछ ।

फेस्टिभलमा ट्याटु कन्भेन्सन, फेसन शो, सांस्कृतिक नृत्य तथा स्थानीय उत्पादनहरूको प्रदर्शनीसमेत गरिनेछ। स्थानीय किसानका उत्पादनलाई बजारसँग जोड्न खस्यौली बजारका स्टलहरू पनि राखिने भएका छन् ।

आयोजकका अनुसार फेस्टिभलको विशेष आकर्षणका रूपमा साउण्ड हिलिङ, काकाओ सेरेमोनी, माउन्टेन ब्रीथ सेसन तथा विभिन्न वेलनेस गतिविधि सञ्चालन गरिनेछ । अष्टधातुबाट निर्मित विशेष ध्वनि उपकरणमार्फत गरिने साउण्ड हिलिङले मानसिक तनाव कम गर्न तथा आन्तरिक शान्ति प्राप्त गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

फेस्टिभलमा नेपाली उत्पादनका कपडाको फेसन शोसमेत आयोजना गरिनेछ । गाजा र अल्लोबाट निर्मित परम्परागत नेपाली पोशाकलाई प्रवर्द्धन गर्ने उद्देश्यले मोडलमार्फत प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार ‘वज्र’ बुद्ध दर्शनसँग सम्बन्धित प्रतीक भएकाले फेस्टिभलको सजावट र गतिविधिहरू पनि सोही अवधारणामा आधारित रहनेछन् । बिहान ५ बजेदेखि १० बजेसम्म योग, ध्यान, श्वासप्रश्वास अभ्यास तथा बालबालिकाका लागि चित्रकला र सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ६ : ५९ बजे

बुटवलमा आजदेखि ‘वज्र फेस्टिभल २०२६’ सुरु, मनोरञ्जनसँगै वेलनेस कार्यक्रम

बुटवल । कला, संस्कृति, पर्यटन प्रवर्द्धन तथा मानसिक स्वास्थ्यप्रति सचेतना

विदेश पठाउने भन्दै ४० लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया

पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन

भोजपुर । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै

फिफा विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६

पश्चिमी न्यून चापीय रेखाको प्रभाव : देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा