२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

विपद्लाई राजनीतिकरण गर्नुहुँदैन : सभापति थापा



ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वको सुझबुझपूर्ण सोचबाट हरेक विषयको व्यवस्थापनलाई प्रभावकारी बनाउनु सकिने बताएका छन् ।

नागरिकको सवाल, कांग्रेसको पहल भन्ने नाराका साथ कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आज आयोजना गरेको छलफलमा उनले समुदायलाई विपद् सचेतनामा जोड्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिए ।

“विपद् विकासको परिधिभित्र पर्दैन, गरिबीको कारणले विपद्को जोखिम क्षेत्रमा बसोबास गरिरहेको अवस्था छ, अनि विपद्कै कारणले गरिबीको चक्रमा फसेको अवस्था छ, यसलाई भोलि नेतृत्वमा जाने मानिसले ध्यान दिनुपर्छ, हामी सरकारमा हुँदा र सरकार बाहिर हुँदा हामी विपद्सम्बन्धी कामलाई प्राथमिकताका साथ ध्यान दिन्छौँ”, उनले भने ।

सभापति थापाले पार्टीको सङ्गठनमा आबद्ध नौ लाखभन्दा बढी सदस्यलाई विपद् व्यवस्थापन र पूर्वतयारीका विषयमा सचेत गराइने जानकारी दिए । “विपद्लाई राजनीतिकरण गर्नुहुँदैन । राजनीतिक अभियानमा विपद्का सरोकार र चासोलाई जोड्दै जिम्मेवार भएर काम गर्नुपर्छ”, उनले भने ।

विपद् जोखिम न्यूनीकरण विशेषज्ञ इञ्जिनियर प्रा डा हरिदर्शन श्रेष्ठले राजनीतिक दलहरूमा विपद् व्यवस्थापनका सन्दर्भमा विपद् व्यवस्थापनमा यथेष्ट नीतिगत व्यवस्था भए पनि कार्यान्वयन प्रभावकारी नहुँदा समस्या भएको बताए । उनले गरिबीको रेखामुनि रहेका नागरिक र गरिब वर्गसँगको समन्वयमा कमजोरी भएकालाई सुधार्नुपर्नेमा जोड दिए ।

अभियान्ता मेरीना रन्जितले विपद्मा कारण ८० प्रतिशतभन्दा बढि महिला र बालबालिका प्रभावित हुने गरेको तथ्य प्रस्तुत गर्दै संस्थागत सामाजिक उत्तरदायित्वको खर्च पूर्वतयारीमा गर्न पाउने व्यवस्था गर्न सुझाव दिइन् ।

विपद व्यवस्थापन विज्ञ एवं कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य सचिव मानबहादुर थापाले नेपाल चट्याङको जोखिमका दृष्टिले पाँचौँ र संसारका सबै देशमध्ये सबै किसिमका जोखिमका दृष्टिले १० औँ स्थानमा रहेको जानकारी गराउँदै पूर्वतयारी र विपद् प्रतिकार्यमा नेपालले धेरै सुधार गर्नुपर्ने अवस्था रहेको बताए।

हरेक वर्ष रु तीन अर्बको क्षति हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले २०७२ को भूकम्प अगाडि २१ प्रतिशत र भुकम्पपछि २५ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि पुगेको तथ्याङ्क प्रस्तुत गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  ९ : ४० बजे

रास्वपा नेता-कार्यकर्तालाई उच्च राजनीतिक चरित्र देखाउन सभापति लामिछानेको निर्देशन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका

उत्तरढोकामा ग्लोबल आइएमई बैंकको १२ तले अत्याधुनिक कर्पोरेट भवन निर्माण सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक

तिहार बिदाअघि २.६४ अंकले बढेर बन्द भयो नेप्से परिसूचक

काठमाडौं। तिहारको पूर्वसन्ध्यामा शुक्रबार सेयर बजार बढेर बन्द भएको छ।

सुनकोशी-मरिण ठेक्का रद्दबारे अनुसन्धान माग गर्दै कांग्रेसले लेखासमितिमा दियो निवेदन

All Posts काठमाडौं। सरकारको कार्यशैलीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस

प्रेस काउन्सिल अध्यादेशविरुद्ध पत्रकार महासंघ पुग्यो शीतल निवास

काठमाडौं । प्रेस काउन्सिल ऐन, २०४८ लाई संशोधन गर्न बनेको