३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन



नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ आइतबार नेपालगञ्जमा सम्पन्न भएको छ।

पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रतियोगिताको उद्घाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले पानसमा दीप प्रज्वलन गरी गरेका थिए । कार्यक्रममा विशेष अतिथिका रूपमा ओलम्पियन तथा समाजका सल्लाहकार सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह सम्झना लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा नौ वटा फिटनेस क्लबका ४० जना खेलाडीहरूले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका थिए। प्रतिस्पर्धामा खेलाडीहरूले उत्कृष्ट शारीरिक बनावट, मांसपेशीको विकास, प्रस्तुति कला तथा समग्र फिटनेस प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए।

टिमतर्फ ओम फिटनेसले उत्कृष्ट प्रदर्शन गर्दै २ स्वर्ण, २ रजत र १ कांस्य पदकसहित प्रथम स्थान हासिल गरी टिम च्याम्पियन बन्न सफल भयो। हेल्थ बेनि फिटनेसले १ स्वर्ण, १ रजत र १ कांस्य पदक प्राप्त गर्दै द्वितीय स्थान हासिल गर्यो।

प्रतियोगिताको सबैभन्दा प्रतिष्ठित उपाधि ‘ओभरअल च्याम्पियन’ ओम फिटनेसका दीपेन्द्र बहादुर खत्रीले जित्न सफल भए। उनले ७५ केजी तौल समूहमा प्रथम स्थान हासिल गर्नुका साथै समग्र प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै ओभरअल च्याम्पियनको उपाधि आफ्नो नाममा लेखाए।

तौल समूह तर्फ ५५ केजीमा युनिभर्सल जिमका बामदेब थापा प्रथम, ओम फिटनेसका राज वाल्मीकि द्वितीय र चन्द्रसेन बर्मा (ओम फिटनेस) तृतीय भए। त्यस्तै ६० केजी तौल समूहमा स्ट्रीम फिटनेस प्रा.लि. का करण वाडिया प्रथम मासुम अली हल्वाई (द जिम सार्क फिटनेस प्रा.लि.) द्वितीय र अभिशेष थारु (युनिभर्सल जिम) तृतीय भए भने ६५ केजी तौल समूहमा जगतराम महावत (ओम फिटनेस) प्रथम , उमेश महरा (स्ट्रीम फिटनेस प्रा.लि.) द्वितीय र प्रदीप चौधरी (युनिभर्सल जिम) तृतीय भए। त्यस्तै ७० केजी तौल समूहमा सुगम रावल (हेल्थ बेनि फिटनेस) प्रथम, शिवराज ढकाल (युनिभर्सल जिम) द्वितीय र देवराज ओली (हेल्थ बेनि फिटनेस) तृतीय भए। ७५ केजी तौल समूहमा दीपेन्द्र बहादुर खत्री (ओम फिटनेस) प्रथम , बिरु सिंह (हेल्थ बेनि फिटनेस)द्वितीय र सोयब सिंह (हेल्थ बेनि फिटनेस) तृतीय भए। त्यसैगरी ७५ केजीमाथि तौल समूहमा सतीस कुमार सोनी (माई फिटनेस प्रा.लि.) प्रथम, सुरोद थापा (ओम फिटनेस) द्वितीय र हेल्थ बेनि फिटनेसका पंकज कनोजिया तृतीय भए।

कार्यक्रममा प्रमुख अतिथि प्रशान्त बिष्ट, ओलम्पियन सुरेन्द्र हमाल, सल्लाहकार गोबर्धन सिंह सम्झना तथा अन्य अतिथिहरूले विजेता खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरेका थिए।

समापन समारोहमा बोल्दै वक्ताहरूले शारीरिक सुगठन खेलले युवाहरूलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए। उनीहरूले आगामी दिनमा पनि शारीरिक सुगठन खेलको विकास, विस्तार र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पूर्व खेलाडी समाज बाँकेले पहिलो पटक आयोजना गरेको वडा कप प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकले सहयोगी संस्था, सहभागी क्लब, खेलाडी, निर्णायक, स्वयंसेवक तथा दर्शकप्रति आभार व्यक्त गरेको छ। प्रतियोगिताले नेपालगञ्जमा शारीरिक सुगठन खेलप्रतिको आकर्षण बढाउनुका साथै स्थानीय स्तरमा नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकको विश्वास रहेको छ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८३, आइतबार  १० : ४७ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा