३ आश्विन २०८३, शनिबार | September 19, 2026

राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

विभागले पासपोर्ट खरिद तथा आपूर्ति प्रक्रियासम्बन्धी अनुसन्धानका क्रममा विभागका महानिर्देशक तीर्थराज अर्यालसहित चार जनालाई मंगलबार बिहान नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो ।

पासपोर्ट खरिद तथा आपूर्तिसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेका बेला अख्तियारको टोलीले विभागबाट आवश्यक कागजात समेत नियन्त्रणमा लिएको जनाएको छ। पासपोर्ट खरिद प्रकरणमा अनुसन्धान गर्न अख्तियारले व्यवसायी सिद्धार्थ थापालाई पनि नियन्त्रणमा लिएको छ। सिद्धार्थ नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य सुनिल थापाका छोरा हुन्।

यसैगरी, विभागका प्रशासन तथा व्यवस्थापन शाखाका निर्देशक एवं प्रवक्ता सोमेश थापा तथा सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीलाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २ असार २०८३, मंगलबार  १२ : १९ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब