१८ आश्विन २०८३, आइतबार | October 5, 2026

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण



चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो ।

विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएको बताए ।

यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रा डा सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधि चार जनाले उतिर्ण गरेका छन् । तीन वटै सङ्कायको स्नातकमा चार हजार ४०८ जना, स्नातकोत्तरमा १४२६ जना र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांशजसो स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा सोही विश्वविद्यालयका विद्यार्थी उत्तीर्ण भएका हुन् भने केही बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १० : ४८ बजे

कांग्रेस १५ औँ महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान महाधिवेशन

उद्योगी व्यवसायीको राजनीतिमा महत्वपूर्ण भूमिका हुने

नेपालगन्ज । एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघले नेपालगन्जमा

तल्लो सिद्धबाबामा मोटरसाइकल दुर्घटनाहुँदा गुल्मीका युवकको मृत्यु

पाल्पा । जिल्लाको तिनाउ गाउँपालिका-३ स्थित सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै

मंसिर १६-२७ गतेसम्म सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने, ३२ खेल समावेश

सुर्खेत । आगामी मंसिर १६–२७ गतेम्म कर्णाली प्रदेशमा दशौं राष्ट्रिय