१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

राष्ट्र बैंकद्वारा ४५ अर्बको निक्षेप सङ्कलन आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले रु ४५ अर्ब निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने आह्वान गरेको छ ।

विभागले सार्वजनिक सूचना जारी गरेर आजै दिउँसो ३ः०० बजेदेखि अनलाइन विडिङमार्फत बोलकबोलमा सहभागी हुन सक्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले बोलकबोलको ब्याजदर भने सोही माध्यमबाट हुने जनाएको छ ।

राष्ट्र बैंकले घटीमा रु १० करोड र बढीमा रु पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने छ । निक्षेप सङ्कलनको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन सक्छन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  ४ : ३६ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै