३ असार २०८३, बुधबार | June 17, 2026

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ



काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा विद्यालयमा अध्ययनरत छात्रछात्रालाई जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिमको शुभारम्भ गरेको छ ।

दुई चरणमा सञ्चालन हुने उक्त तालिममा छ हजार ६३० जना विद्यार्थी समेटिने छन् । यसअन्तर्गत पहिलो चरणमा संस्थागत तालिम र दोस्रो चरणमा वार्षिक सामूहिक क्याम्प सञ्चालन सञ्चालन हुनेछ ।

त्यसैगरी, ३६ वटा विद्यालयमा अध्ययनरत एक हजार ८० जना छात्रछात्रा समावेश गरी आगामी भदौदेखि सिनियर डिभिजन तालिम सञ्चालन गर्ने योजना रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यी तालिममा सैनिक कला, विपद् जोखिम न्यूनीकरण, नेतृत्व तथा व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व, अनुशासनलगायत विविध विषयमा सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिनेछ ।

विसं २०२२ मा स्थापना भएको राष्ट्रिय सेवा दलले आफ्नो स्थापनाकालदेखि हालसम्म ८९ हजार ८९४ जनालाई सिनियर तथा जुनियर डिभिजन राष्ट्रिय सेवा दल तालिम प्रदान गरिसकेको छ । राष्ट्रिय सेवा दलमार्फत तालिम प्राप्त व्यक्तिहरू केन्द्र, प्रदेश र जिल्लास्तरसम्म रहेका छन् ।

प्रकाशित मिति : ३ असार २०८३, बुधबार  १० : १३ बजे

राष्ट्रिय सेवा दल तालिम शुभारम्भ

काठमाडौँ । राष्ट्रिय सेवा दलले गत सोमबारदेखि देशभरका २२१ वटा

एल–निनो असर : भित्रिएन मनसुन, सुक्खाको चिन्ता, खडेरीको डर

काठमाडौँ । सामान्यतया जुन १३ मा नेपाल भित्रिने मनसुन यस

विदेशमा पिआर लिएर बसेका कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाहीको सिफारिस

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

डिपसिकको मूल्याङ्कन ५० अर्ब डलर नाघ्यो

बेइजिङ । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स स्टार्टअप डिपसिकले पहिलो कोष सङ्कलन

‘लुम्बिनी घोषणा पत्र-२०८३’ जारी गर्दै सकियो, विशेषाधिकार समितिको प्रथम राष्ट्रिय सम्मेलन

दाङ । बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सभाका विशेषाधिकार समितिका