४ असार २०८३, बिहिबार | June 18, 2026

बढ्यो तराईमा तातो दिन, भैरहवाको तापक्रम ४१.५ डिग्री, नेपालगन्जमा ४०.४ डिग्री



काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम पनि ह्वात्तै बढेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा गोरखा, मोरङ, सुनसरी र झापामा भारी वर्षा भएको छ ।

गोरखामा ७१.८, मोरङमा ६१.८, सुनसरीमा ५१.४ र झापामा ७१.२ मिलिमिटर वर्षा भएको छ । यसअघि हिजो झापामा १०३ मिलिमिटरमाथि वर्षा भएको मापन गरिएको थियो ।

उक्त जिल्लामा भारी वर्षा हुँदा देशका अन्य क्षेत्रमा तापक्रम बढिरहेको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिएका छन् ।

विभागका अनुसार पछिल्लो अभिलेखअनुसार भैरहवामा ४१.५ डिग्री तापक्रम मापन भएको छ । यस्तै नेपालगञ्जमा ४०.४ डिग्री तापक्रम भएको छ । धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको छ ।

अन्य जिल्लामा पनि तापक्रम बढेको छ । काठमाडौँमा पनि तापक्रम बढेर ३१.३ डिग्रीमा पुगेको छ ।

मौसम विज्ञान विभागका सूचना अधिकारी कायस्थका अनुसार आज धनगढी, वीरेन्द्रनगर, नेपालगञ्ज, घोराही, भैरहवा र सिमरामा तातो दिन हुने सम्भावना छ

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ ।

विभागले आज जारी गरेको मौसम बुलेटिनअनुसार आज देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने तथा कोशी र मधेस प्रदेशका तराई भू–भागमा आंशिक बादल लाग्ने छ ।

बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी र मधेस प्रदेशको तराईका पनि एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा पनि तातो दिन हुने सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  १ : ०६ बजे

वासिङ्टन र तेहरान बीचको एमओयू सार्वजनिक

एजेन्सी । संयुक्त राज्य अमेरिका र इरानले दुई पक्षबीच इलेक्ट्रोनिक

नेपालगन्जमा महिला तथा पुरुष फाईव एन्ड साईड हक्की प्रतियोगिता सुरु

नेपालगन्ज । नेपालगन्जमा आजदेखि प्रथम मेयर कप महिला तथा पुरुष

बढ्यो तराईमा तातो दिन, भैरहवाको तापक्रम ४१.५ डिग्री, नेपालगन्जमा ४०.४ डिग्री

काठमाडौँ । देशका विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका

रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी

आन्तरिक राजस्व बढ्दा लुम्बिनी प्रदेशको आम्दानी २६ अर्ब नाघ्यो

भैरहवा । लुम्बिनी प्रदेशमा चालु आर्थिक वर्षको पहिलो ११ महिनामा