५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा



काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । शुक्रबार जारी विज्ञप्तिमार्फत उनले स्वास्थ्य अवस्थाका कारण अब पार्टीका नियमित गतिविधि र जिम्मेवारीमा सक्रिय रूपमा सहभागी हुन नसक्ने बताएका हुन् ।

महराले विगत केही समयदेखि ‘एट्रोफी’ सम्बन्धी नसा तथा मांसपेशीको समस्याबाट पीडित रहेको उल्लेख गर्दै स्वास्थ्यले अपेक्षित साथ नदिएका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन् ।

“स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ,” विज्ञप्तिमा महराले उल्लेख गरेका छन् ।

उनले स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले पार्टीका जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको पनि बताएका छन् । यसै कारण आफू सक्रिय राजनीतिबाट केही पर रहने निर्णयमा पुगेको उनको भनाइ छ ।

महरा लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् । उनी पूर्वसभामुखका साथै विभिन्न समयमा मन्त्री तथा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा समेत रहिसकेका छन् ।

उनको यो निर्णयलाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : २४ बजे

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे

पर्सामा एक महिना एक सय ११ अपराधका घटना दर्ता

वीरगन्ज । पर्सामा पछिल्लो महिनामा विभिन्न प्रकृतिका एक सय ११