४ असार २०८३, बिहिबार | June 18, 2026

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा



काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट टाढा रहने घोषणा गरेका छन् । शुक्रबार जारी विज्ञप्तिमार्फत उनले स्वास्थ्य अवस्थाका कारण अब पार्टीका नियमित गतिविधि र जिम्मेवारीमा सक्रिय रूपमा सहभागी हुन नसक्ने बताएका हुन् ।

महराले विगत केही समयदेखि ‘एट्रोफी’ सम्बन्धी नसा तथा मांसपेशीको समस्याबाट पीडित रहेको उल्लेख गर्दै स्वास्थ्यले अपेक्षित साथ नदिएका कारण यस्तो निर्णय लिनुपरेको बताएका छन् ।

“स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेन । परिणामस्वरूप पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतजस्तै सक्रिय, प्रभावकारी र जिम्मेवार ढंगले योगदान गर्न कठिन हुँदै गएको छ,” विज्ञप्तिमा महराले उल्लेख गरेका छन् ।

उनले स्वास्थ्यमा अपेक्षित सुधार नआएकाले पार्टीका जिम्मेवारीहरू प्रभावकारी रूपमा निर्वाह गर्न कठिन भएको पनि बताएका छन् । यसै कारण आफू सक्रिय राजनीतिबाट केही पर रहने निर्णयमा पुगेको उनको भनाइ छ ।

महरा लामो समयदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका नेता हुन् । उनी पूर्वसभामुखका साथै विभिन्न समयमा मन्त्री तथा पार्टीका महत्वपूर्ण जिम्मेवारीमा समेत रहिसकेका छन् ।

उनको यो निर्णयलाई नेपाली राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८३, बिहिबार  ६ : २४ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ

रास्वपाको महाधिवेशनमा ४ करोड खर्च हुने अनुमान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो राष्ट्रिय महाधिवेशनका