१३ भदौ २०८३, शनिबार | August 29, 2026

देशका केही भू-भागमा वर्षा, तराईमा तातो हावा र अत्यधिक गर्मीको चेतावनी



काठमाडौं । देशका विभिन्न भूभागमा आज वर्षाको सम्भावना रहे पनि तराईका केही क्षेत्रमा अत्यधिक गर्मी र तातो हावाको लहर चल्ने मौसमविद्ले बताएका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तातो हावाको लहर चल्ने सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि तातो दिन रहने अनुमान गरिएको छ ।

विभागले कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहने जनाएको छ । कोसी प्रदेशका केही हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

तराई क्षेत्रतर्फ कोसी प्रदेशका केही स्थान र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने विभागले जनाएको छ ।

मौसमविद् विनोद पोखरेलका अनुसार पूर्वी नेपालमा गएरातिदेखि वर्षा भइरहेको छ । झापाको अनारमनी बिर्तामा पछिल्लो सात घण्टामा २३७ मिलिमिटर वर्षा मापन भएको छ, जुन अत्यधिक वर्षाको सूचक हो । उनले पूर्वी तराईबाहेक पश्चिमी तथा दक्षिणी भूभागमा आगामी एक सातासम्म उल्लेखनीय वर्षाको सम्भावना कम रहेको बताएका छन् ।

जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार बंगालको खाडीबाट विकसित बादल पूर्वी नेपाल प्रवेश गरिसकेको छ । यसका कारण पूर्वी क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्न सक्ने भए पनि पश्चिमी नेपालमा भने अझै घाम लाग्ने अवस्था रहनेछ ।

विभागका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ ।

यसैबीच, हिजो देशकै उच्च तापक्रम भैरहवामा ४१.४ डिग्री सेल्सियस मापन गरिएको थियो भने नेपालगन्जमा ४०.७ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ६ : ५५ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ