५ आश्विन २०८३, सोमबार | September 21, 2026

कक्षा–१२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाफल सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको छ।

बोर्डका अनुसार यस वर्ष कक्षा–१२ परीक्षामा सहभागी विद्यार्थीमध्ये दुई लाख ६८ हजार १९० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ६४.१३ प्रतिशत हो।

यस वर्षको परीक्षामा कुल चार लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए। परीक्षाफलअनुसार करिब दुई तिहाइ विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन्।

त्यस्तै, परीक्षा सञ्चालन तथा मूल्यांकन प्रक्रियासम्बन्धी विभिन्न कारणले ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

राष्ट्रिय परीक्षा बोर्डले परीक्षार्थी तथा अभिभावकलाई बोर्डको आधिकारिक वेबसाइट तथा अन्य स्वीकृत माध्यमबाट नतिजा हेर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : ५ असार २०८३, शुक्रबार  ९ : ५९ बजे

डाटा सेन्टरमा समस्या देखिएपछि नेप्सेमा आजको कारोबार स्थगन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से_ले आजको नियमित धितोपत्र कारोबार

एमाले सचिवालयद्वारा कार्यदल प्रतिवेदन पारित, केन्द्रीय कमिटीमा पेस गर्ने निर्णय

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी

ट्रम्प-सी शिखर वार्ता : व्यापारिक शक्तिको बलमा चीन, दबाबमा अमेरिका

विश्वका दुई महाशक्तिका नेताहरू पछिल्लो पटक भेटेको चार महिनाको अवधिमा

वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी

काठमाडौं । विश्व सम्पादा सूचीमा सूचीकृत ऐतिहासिक वसन्तपुर दरबार क्षेत्रमा

केन्द्रीय कमिटी बैठकअघि च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । पार्टी