काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १० हजार ५०० रुपैयाँले घटेको हो।
महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो दिन बिहीबार भने यही सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला ३०५ रुपैयाँले सस्तिएर चार हजार ६४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बिहीबार चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा किनबेच भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरू बताउँछन्।



















प्रतिक्रिया