७ असार २०८३, आइतबार | June 21, 2026

कमजोर बन्दै सरकारी अस्पताल, संघीय अस्पतालका उपकरणमा धमाधम समस्या



काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै सरकारी अस्पतालहरु कमजोर बन्न थालेका छन् । अस्पतालका उपकरणहरुमा एकपछि अर्को समस्या आउँदा पनि सरकारी निकाय उदाशीन बनिदिँदा सरकारी अस्पतालका उपकरणहरु बिग्रने क्रम बढ्न थालेको छ । काठमाडौं स्थित निजामती अस्पतालको सिटी स्क्यान मेसिन बिग्रेको ६ महिना बढी हुँदा बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको लिन्याक मेसिन बिग्रेको पनि २ महिना बढी भइसकेको छ ।

बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा क्यान्सर रोगको प्रमुख निदानका रुपमा रहेको रेडियो थेरापी गर्ने लिन्याक मेसिनमा समस्या आएको महिना दिन भन्दा बढी भयो । अस्पताल प्रशासनले मरमतका लागि प्राबिधिक माग गर्न पटक पटक स्वास्थ्य मन्त्रालयमा पत्राचार गर्दापनि मन्त्रालयले बेवास्ता गरिदिँदा पश्चिम नेपालकै क्यान्सरका बिरामीहरुले सेकाई गर्न पाएका छैनन् ।

मसिन खरिद गर्दा कै अवस्थामा फरक हर्मोनिक कोडको मेसिन आएपछि रोकिएको भुक्तानीको प्रक्रियाका बिषयमा मन्त्रालयले बाधा अडकाउ फुकुवा नगरिदिँदा करोडौं मूल्यको मसिन बिग्रेर अलपत्र अवस्थामा पुगेको छ । अस्पताल प्रशासनले मेसिनमा समस्या आएको बताएपनि भुक्तानी नभएका कारण सप्लाई दिने कम्पनीले सफ्टवेयर ह्याक गरेर कार्य अवरुद्ध गराएको स्रोतहरुको दाबी छ ।

मेसिन मरमत गर्ने प्राबिधिक अस्पतालसँग नभएको र मेसिन सप्लाई गर्ने सप्लायर्सले पनि भुक्तानी नपाएको भन्दै मरमत गर्न अस्वीकार गरेपछि मसिन कहिले बन्ने ? भन्ने अन्यौलता उत्पन्न भएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । लिन्याक मेसिन खरीद गर्दा सप्लाई गर्ने कम्पनीबाट खरिद सम्झौता भन्दा विपरितको एचएस कोड र कन्ट्री अफ ओरिजिनको मेसिन अस्पतालमा झरेपछि सप्लायर्सको भुक्तानी नगरिएको अस्पताल प्रशासनले बताउँदै आएको छ । यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको समेत स्रोतको दाबी छ ।

अस्पताल प्रशासनले फरक परेको कोड र कन्ट्री अफ ओरिजिनका बारेमा सहजिकरण गरिदिन पटक पटक स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएपनि मन्त्रालयले सहजिकरण नगरिदिएपछि लिन्याक मेसिन खरिदको विवाद कायम रहेको छ । मेसिन संचालन भएपनि भुक्तानी हुन नसक्दा मेसिनमा आउने प्राबिधिक खराबीकोे समस्या समाधान गर्न चुनौती देखिँदै आएको थियो ।

२०७९ पुसमा अस्पतालमा झरेको मसिन विवादकै कारण जडान भएको ३ महिना पछिमात्र मात्र संचालनमा आएको थियो । अस्पतालका पूर्व निर्देशक डा. प्रकाश प्रसाद साहले भुक्तानीको आश्वासन दिँदै सप्लायर्सबाट प्राबिधिक झिकाएर लिन्याक संचालन गराएका थिए । तर सप्लायसैले भुक्तानीको दवाव बढाएपछि भुक्तानी गर्दा अख्तियार लाग्ने डरले उनी सरुवा मिलाएर हिँडेको स्रोतहरुको दाबी छ ।

त्यसपछिका मेसु ज्वलन्त पौडेल पनि मेसिन बिग्रेको केही दिनमा सरुवा मिलाएर अन्त गइसकेका छन् । अस्पतालमा न त विकास समिति छ न प्रसाशन प्रमुख । पश्चिम नेपालकै एक मात्र क्यान्सर अस्पताललाई सरकारले नेतृत्वबिहिन बनाएको स्थानीयको गुनासो छ ।

२७ करोड बढी मूल्यमा खरिद सम्झौता भएको मेसिनको ६० प्रतिशत रकम सप्लायर्शले लगिसकेको छ भने ८ लाख ६ हजार डलर अझै भुक्तानी दिनुपर्ने देखिएको अस्पताल प्रशासन स्रोतले जनाएको छ ।

मेडि सोलुसनले सप्लाई गरेको नयाँ मेसिन खरिद लन्डनबाट सप्लाई दिने सम्झौता भएको तर भन्सार प्रज्ञापन पत्र र खरिद सम्झौतामा मेसिनको कन्ट्री अफ ओरिजिन र एचएस कोड फरक पाएपछि मेसिनको भुक्तानी हुन नसकेको हो । स्वास्थ्य मन्त्रालयले एक टिमले मेसिन जडान गर्ने र त्यसको प्रतिफल कस्तो दिन्छ त्यस आधारमा रकम भुक्तानी दिने निर्देशन दिएपनि मसिन चलिसकेपछि पनि भुक्तानी प्रक्रिया अगाडी नबढेको सप्लायर्सको भनाई छ ।

सप्लायर्सले भुक्तानी नपाउँदा संचालनमा रहेको मसिनमा प्राबिधिक खराबी आए वारेन्टी समयावधिको सुबिधा कम्पनीले नदिने समस्या रहेको अस्पतालका एक चिकित्सकले बताए । हरेक दिन २५ बढी क्यान्सरका बिरामीले खजुरा क्यान्सर अस्पतालबाट रेडियो थेरापीको सेवा अस्पतालबाट लिँदै आएका थिए ।

उता नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको पनि ६ महिना बढी भइसकेको छ ।

विगत छ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए ।

“सिटी स्क्यान मेसिन बिग्रिएर बिरामीलाई धेरै नै समस्या भएको छ”, उनले भने, “बिरामीलाई सिटी स्क्यानका लागि अन्यत्र पठाउनुपरेको छ ।” अस्पतालमा दैनिक ६०० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् । सिटी स्क्यानमा समस्या आएपछि सो अस्पतालमा पनि त्यसको रिपोर्टका आधारमा दिने सेवा ठप्प प्राय भएको अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ३ : ३२ बजे

कमजोर बन्दै सरकारी अस्पताल, संघीय अस्पतालका उपकरणमा धमाधम समस्या

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा सरकार बनेसँगै सरकारी अस्पतालहरु कमजोर

रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

काठमाडौँ । आजदेखि चितवनमा सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम

बाजुरामा भएको सवारी दुर्घटनामा २३ जना घाइते

बाजुरा । साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाह पत्नी र छोरीसहित चितवनमा

चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र