८ असार २०८३, सोमबार | June 22, 2026

कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो



सुनसरी । कोशीटप्पु वन्यजन्तु आरक्षमा आर्थिक वर्ष २०८२-८३ मा जेठ महिनासम्म कूल नौ हजार २४२ जना पर्यटकले भ्रमण गरेका छन् । आरक्ष भ्रमण गर्ने कूल पर्यटकमध्ये चार हजार ५३५ महिला र चार हजार ५३५ पुरुष गरेर नौ हजार ७० जना नेपाली पर्यटकले आरक्षको भ्रमण गरेका हुन् ।

त्यसैगरी दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकबाट कूल २५ जना पर्यटकले कोशीटप्पुको भ्रमण गरेका छन् । (सार्क) मुलुकबाट तीन जना महिला र २२ जना पुरुष रहेका छन् । सार्क मुलुकबाहेकका अन्य विदेशी १४७ जनाले आरक्षको भ्रमण गरेको आरक्षले जनाएको छ ।

अर्नाको राजधानी र चराको स्वर्ग मानिने सो आरक्षमा सबैभन्दा बढी पर्यटक मङ्सिर महिनामा आएका छन् भने सबैभन्दा कम असोज महिनामा पर्यटक आएका छन् । यस महिनामा एक हजार ८९३ जना पर्यटकले आरक्षको भ्रमण गरेका छन् भने असोज महिनामा ३२५ जना पर्यटकले आरक्षको भ्रमण गरेको आरक्ष प्रशासनले जनाएको छ ।

साउनमा ४९६, भदौमा ५४७, असोजमा ३२५, कात्तिकमा ५९१, पुसमा ६४२, माघमा १ हजार ४९९, फागुनमा ६९७, चैतमा ६९१, वैशाखमा ७९१ र जेठमा एक हजार ७० जना गरेर कूल नौ हजार २४२ जना पर्यटक आरक्षको भ्रमण गरेका छन् ।

विशेषगरी, यहाँ आउने पर्यटकले लोपोन्मुख अवस्थामा रहेका अर्ना (जङ्गली भैँसी) का साथै २० प्रकारका साना ठूला जनावर हरिण, रतुवा, नीलगाई, बँदेल, बाँदर, अजिङ्गर र सजिलै सप्तकोसी नदीमा डलफीन हेर्न पाउने गरेका छन् ।

विश्वमा नै दुर्लभ मानिएका चराचुरुङ्गीसहित ४९८ प्रजातिका चराचुरुङ्गी पाइने यस आरक्षणमा हाँस प्रजातिका २० वटा, जलचरा प्रजातिका ११४ वटालगायतका पन्छी पाइन्छन् ।

साथै पछिल्लो समय गैँडाको समेत अवलोकन गर्ने गरेका छन् । आरक्षमा आन्तरिक पर्यटकको आकर्षण सबैभन्दा बढी देखिएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  ८ : ३० बजे

मनसुन थप चार प्रदेशमा विस्तार

काठमाडौँ । नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी प्रवेश

लायन्स क्लब अफ बुटवल खस्यौलीको पदहस्तान्तरण सम्पन्न

बुटवल । सामाजिक सेवामा समर्पित लायन्स क्लब अफ बुटवल खस्यौलीको

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन

ग्रे लिस्टबाट बाहिरिन नेपाल असफल, एफएटीएफले राख्यो यथावत्

काठमाडौं । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई सम्पत्ति

टिपर दुर्घटनामा चालकको मृत्यु

तनहुँ । स्थानीय बन्दीपुर गाउँपालिका-४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको