१३ भदौ २०८३, शनिबार | August 29, 2026

रास्वपा महाधिवेशन : अझैसम्म सुरू हुन सकेन बन्दसत्र



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशन अन्तर्गत बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरूको नामावलीमा देखिएका त्रुटि सच्याउने कार्य जारी रहेकाले बन्दसत्रको समय लम्बिएको हो ।

महाधिवेशन कार्यतालिका अनुसार आइतबार बिहान साढे ८ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो । तर प्रतिनिधिहरूको अन्तिम नामावली टुंगो नलाग्दा कार्यक्रम निर्धारित समयमा अघि बढ्न नसकेको आयोजकले जनाएको छ ।

प्रतिनिधिहरूको नाम, विवरण तथा सहभागितासम्बन्धी विषयमा देखिएका त्रुटि सच्याउने काम भइरहेको र त्यसपछि मात्र बन्दसत्र सुरु गरिने बताइएको छ ।

रास्वपाको पहिलो महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधिहरूको सहभागिता रहेको छ । बन्दसत्रमा पार्टीको भावी कार्यदिशा, सांगठनिक संरचना तथा नेतृत्व चयनका विषयमा छलफल हुने कार्यक्रम रहेको छ ।

नामावली व्यवस्थापनको काम सकिएपछि बन्दसत्र सुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : ८ असार २०८३, सोमबार  १२ : ४० बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ