१३ भदौ २०८३, शनिबार | August 29, 2026

भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा



काठमाडौं । भेनेजुएलामा विनाशकारी भूकम्पपछि आपतकाल घोषणा गरिएको छ । भूकम्पमा हजारौँ मानिसको मृत्यु भएको आशंका गर्दै देशभर आपतकाल लागू गरिएको हो ।

भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकालको घोषणा गरेकी हुन् । सम्बोधनका क्रममा गृहमन्त्री, राष्ट्रियसभाका प्रमुख तथा उनका भाइ जर्ज रोड्रिगेज पनि उपस्थित थिए ।

राष्ट्रपतिले राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन एक जनरललाई जिम्मेवारी तोकेको जनाइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पमा मृत्यु हुनेको संख्या १० हजार नाघ्ने सम्भावना ४४ प्रतिशत रहेको उल्लेख छ । राजधानी काराकासमा केही सेकेन्डको अन्तरालमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएको बताइएको छ ।

भूकम्पका कारण भेनेजुएलामा ठूलो मात्रामा जनधनको क्षति भएको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  ९ : ०४ बजे

‘चीनले नेपाललाई अग्रिम सूचना दिएन’ भन्ने आरोपप्रति चिनियाँ दूतावासको आपत्ति

काठमाडौं । नेपालमा हालै आएको बाढी तथा पहिरोबारे चीनले नेपाललाई

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक