८ कार्तिक २०८३, आइतबार | October 25, 2026

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आए पनि नेपाली उपभोक्ताले राहतको अनुभूती गर्न नपाएको बताएका छन् ।

महामन्त्री पौडेलले आज सामाजिक सञ्जालमार्फत अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आए पनि नेपाली उपभोक्ताले राहत पाउन नसकेको बताए । “करिब ३० प्रतिशतभन्दा बढीले मूल्य घटिसक्दा नेपाल आयल निगमले स्थानीय बजारमा मूल्य समायोजन नगर्दा आमनागरिक महँगो इन्धन किन्न बाध्य छन्”, उनले भनेका छन् । कुनै समय प्रति ब्यारेल ११७.६३ डलर पुगेको कच्चा तेलको मूल्य हाल ६९.२१ डलरको आसपासमा झरिसकेको छ ।

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आमनागरिकले सहजै पाउनुपर्ने उनको भनाइ छ । उनले नेपालमा इन्धनको मूल्यलाई अन्तरराष्ट्रिय बजारसँग जोड्न ‘स्वचालित मूल्य प्रणाली’ लागू गरिएको भनिए पनि उक्त व्यवस्था लागू नभएको बताए ।

पछिल्लो समय कच्चा तेलको मूल्यमा आएको यो गिरावटको लाभ तत्काल उपभोक्तालाई हस्तान्तरण गरी सुशासनको प्रत्यभूति गराउन उनले माग गरे ।

प्रकाशित मिति : ११ असार २०८३, बिहिबार  १२ : ५२ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ । जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको