१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू



भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान सुरु भएको छ । चितवनमा जारी महाधिवेशनअन्तर्गत पदाधिकारीका छनोटका लागि दोस्रो चरणमा निर्वाचन भएको हो ।

रास्वपाको सभापति पदमा रवि लामिछाने र खुला उपसभापतिमा डा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् ।

अहिले महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि निर्वाचन भइरहेको छ । महिला उपसभापतिमा सोबिता गौतम र डा तोसिमा कार्की प्रतिस्पर्धामा छन् ।

महामन्त्री पदमा मनीष झा, विपिन आचार्य, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन् । महामन्त्री पदका आकांक्षी कबिन्द्र बुर्लाकोटी, रञ्जु दर्शना, प्रमोद न्यौपाने, गणेश पराजुली, जगदिश खरेल र शिशिर खनाल तथा राजुनाथ पाण्डले विपिन आचार्यलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।

पदाधिकारी चयनमा सहमतिको प्रयास भए पनि हुन नसकेकाले केही निर्धारित समयभन्दा ढिला मतदान सुरु भएको निर्वाचन आयोगकका प्रमुख भुवन केसीले बताए ।

सहमहामन्त्री पुरुषका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल, हिमेश पन्त उम्मेदवार रहेका छन् भने महिला सहमहामन्त्रीतर्फ जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति : १२ असार २०८३, शुक्रबार  २ : १३ बजे

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौं । नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी)ले

आधुनिक यन्त्रले सहज बन्दै ग्रामीण कृषि

नेपालगन्ज । गाउँगाउँमा परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिले विस्थापित गरेसँगै