१३ भदौ २०८३, शनिबार | August 29, 2026

स्वर्गद्वारीका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन



बुटवल । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानामगरको सवारी दुर्घटनामा निधन भएको छ । शनिबार उनी आफैंले चलाएको गाडी दुर्घटनामा परेको हो ।

स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको लु प्र १००१ झ ०००८ नम्बरको गाडी स्वर्गद्वारी नगरपालिका-२ स्थित बांगेसल्ला क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो । गाडी सडकबाट करिब ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार दुर्घटनामा ५० वर्षीय रानामगरको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुजनबाबु विश्वकर्माले जानकारी दिए ।

रानामगर स्वर्गद्वारी नगरपालिकाका निर्वाचित उपप्रमुख थिए । उनको निधनप्रति स्थानीय तह, राजनीतिक दल तथा विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १३ असार २०८३, शनिबार  ८ : १० बजे

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा

रसुवा बाढीबाट मृत्यु हुनेको संख्या ६ सय २६ पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शनिबार दिउँसो १४ः००

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाबाट ४ करोड ५४ लाख १४ हजार रुपैयाँ

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४