१३ भदौ २०८३, शनिबार | August 29, 2026

वामपन्थी सहकार्य अहिलेको आवश्यकता : प्रचण्ड



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको संरक्षण र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् ।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा समान विचार भएका वामपन्थी शक्तिहरूबीच एकता र सहकार्य आवश्यक भएको बताए ।

प्रचण्डले संवैधानिक अधिकारको रक्षा र राष्ट्रिय हितका सवालमा सबै वामपन्थी शक्तिले साझा पहल गर्नुपर्नेमा जोड दिँदै, “चाँडोभन्दा चाँडो समान विचार भएका दलहरू एकताबद्ध हुन जरुरी छ,” भने ।

उनले विगतका कमीकमजोरीको समीक्षा गर्न आफू तयार रहेको उल्लेख गर्दै राष्ट्रसामु देखिएका चुनौतीहरूको सामना गर्न सबै नेता-कार्यकर्ता एकजुट हुनुपर्ने धारणा राखे ।

प्रचण्डले लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्न आफू सकारात्मक रहेको बताउँदै राष्ट्रिय हितका मुद्दामा व्यापक राजनीतिक सहकार्य शीघ्र अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।

प्रकाशित मिति : १४ असार २०८३, आइतबार  ५ : ४० बजे

आइसिआरसीको मापदण्डअनुसार शव समाधिस्थ गरिँदै, डीएनए संकलन हुँदै

चितवन । अन्तरराष्ट्रिय रेडक्रस समिति (आइसिआरसी)को मापदण्डअनुसार चितवनमा सङ्कलित शव

रसुवाको बाढी प्रभावित क्षेत्रमा पुग्यो चिनियाँ प्राबिधिक टोली

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् परियोजनाका

सुरुङ उद्धारमा भारतीय प्राविधिक टोली परिचालन, चिनियाँ टोली पनि आउँदै

काठमाडौं । सुरुङमा फसेकाहरूको उद्धारका लागि भारतबाट आएको ११ सदस्यीय

स्वयंसेवी सहकारी ‘ब्लड बैक’ खोल्ने

बुटवल । बुटवलमा रक्तदान अभियान चलाएका युवाहरुले सहकारीमार्फत ब्लड बैक

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा