१३ भदौ २०८३, शनिबार | August 29, 2026

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार (असार १७) राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ, हवाइ इन्धन आन्तरिकतर्फ ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौैंको लागि प्रतिकिलोलिटर २ सय ६५ अमेरिकी डलरले मूल्य घटाएको छ ।

निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर (भरि सिलिण्डर) १ सय रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ । निगमका अनुसार हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाका लागि भने ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम हुने छ ।

यसअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १ सय ९७ रुपैयाँ, डिजेल र मट्टितेल १९५ रुपैयाँ कायम भएको छ भने एलपी ग्यास १४.२ किलोको २०६० रुपैयाँ र ७.१ किलोको १ हजार ३० रुपैयाँ निर्धारण गरिएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा मूल्यमा सुधार आएकाले सोही अनुसार नेपालमा पनि मूल्य समायोजन भएको निगमको दाबी छ ।

अन्तर्राष्ट्रिय बजारमा निकै अघिदेखि नै कच्चा तेलको मूल्यमा सुधार आइसके पनि निगमले नेपालले प्रशोधित तेलमात्र खरिद गर्ने गरेको कारण देखाउँदै मूल्य घटाउन मानेको थिएन ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  ११ : ०६ बजे

धुन्चेमा रोकिएका बाढी प्रभावितलाई वैकल्पिक मार्गबाट काठमाडौं ल्याइँदै

काठमाडौं । उद्धारको प्रतीक्षामा रसुवाको सदरमुकाम धुन्चेमा रोकिएका बाढी प्रभावितलाई

चितवनमा सङ्कलित शवको डीएनए संकलन गरी समाधिस्थ गरिने

चितवन । रसुवाको भोटेकोशी बाढीमा मृत्यु भई बगेर चितवनसम्म पुगेका

भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता

काठमाडौं । त्रिशूली नदीमा भदौ १० गते आएको भीषण बाढीका

बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीले बगाएर ल्याएको बैङ्कको सेफ