१० भदौ २०८३, बुधबार | August 26, 2026

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी



काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै सार्वजनिक भएका केही समाचारप्रति जर्मनीले आधिकारिक प्रतिक्रिया दिँदै तीमध्ये केही तथ्य गलत तथा भ्रामक रहेको जनाएको छ।

काठमाडौंस्थित जर्मन दूतावासले बुधबार जारी गरेको विज्ञप्तिमा राहदानी खरिद प्रकरणका सम्भावित परिणाम वा कुनै कारबाहीबारे नेपाल सरकारलाई जर्मनीले कुनै प्रकारको चेतावनी नदिएको स्पष्ट पारेको छ।

दूतावासले सार्वजनिक गरेको तीनबुँदे स्पष्टीकरणमा बर्लिनस्थित नेपाली कार्यवाहक राजदूतलाई जर्मन संघीय विदेश मन्त्रालयमा छलफलका लागि आमन्त्रण गरिएको उल्लेख गरिएको छ। उक्त भेटघाट नियमित कूटनीतिक संवादअन्तर्गत भएको र त्यसलाई ‘स्पष्टीकरण माग्दै बोलाइएको’ भनेर व्याख्या गर्नु तथ्यगत रूपमा गलत हुने दूतावासको भनाइ छ।

जर्मनीले कूटनीतिक अभ्यासमा ‘छलफलका लागि आमन्त्रण’ र ‘स्पष्टीकरणका लागि बोलाइनु’ फरक प्रकृतिका प्रक्रिया भएको उल्लेख गर्दै दुवैलाई एउटै रूपमा प्रस्तुत गरिनु भ्रमपूर्ण हुने जनाएको छ।

दूतावासले राहदानी खरिद प्रकरणसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा आधिकारिक तथ्य र कूटनीतिक प्रक्रियाको सही सन्दर्भलाई आधार बनाउन सञ्चारमाध्यम तथा सरोकारवालालाई आग्रहसमेत गरेको छ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : २३ बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त