९ भदौ २०८३, मंगलबार | August 26, 2026

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर



खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा उपचाररत बिरामीहरूको सहजताका लागि १० थान आधुनिक ह्विलचेयर सहयोग प्रदान गरेका छन् । स्वर्गीय माता धनरुपा ढकालको स्मृतिमा समाजसेवी ढकालले अस्पताललाई ह्विलचेयर प्रदान गरेका हुन् ।

खजुरा क्यान्सर अस्पतालमा आज उक कार्यक्रमका बीच ढकालले अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईलाई १० थान ह्विलचेयर हस्तान्तरण गरे । ह्विलचेयर हस्तान्तरण गर्दै ढकालले आमाबाट सिकेको करुणा, माया, त्याग र मानव सेवाको संस्कारलाई निरन्तरता दिन आफुले अस्पताललाई सानो सहयोग गरेको जनाए ।

उनले उपचाररत बिरामीहरूको सहजताका लागि १० थान आधुनिक ह्विलचेयर सहयोग गर्न पाएको क्षण आफ्नालागि जीवनकै सबैभन्दा भावुक र अर्थपूर्ण क्षणमध्ये एक बनेको बताए ।

‘यदि यी ह्विलचेयरमा बसेर कुनै बिरामीले सहज उपचार पाउनुहुन्छ, कुनै वृद्ध आमाबुबाको पीडा केही कम हुन्छ, वा कुनै परिवारको अनुहारमा आशाको मुस्कान फर्किन्छ भने, त्यही मेरो आमाप्रतिको साँचो श्रद्धाञ्जली हुनेछ।’ उनले भने ।

अस्पतालका कार्यकारी निर्देशक डा. भट्टराईले आमाको सम्झनामा अस्पताललाई ह्विलचेयर प्रदान गरेर जयपति ढकालले ठुलो पून्यकर्म गरेको बताए । ढकालको योगदानको कदर गर्दै अस्पतालको तर्फबाट ढकाललाई कदर पत्र प्रदान गरिएको थियो ।

ह्विलचेयर हस्तान्तरण कार्यक्रममा अस्पतालका बिभागिय प्रमुखहरु, नसिंङ कर्मचारीलगायत स्वास्थ्यकर्मीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  ९ : २० बजे

यस्तो छ पार्टी पुनर्गठनसम्बन्धी एमाले कार्यदलमा प्रस्तुत महासचिवको प्रतिवेदन (पूर्णपाठ)

काठमाडौँ । पार्टी पुनर्गठनसम्बन्धी एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको

बुधबार हजरत मोहम्मदको १५०१ औं जन्मउत्सव, मुस्लिम समुदायलाई सार्वजनिक विदा

नेपालगन्ज । सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायका कर्मचारीलाई विदा

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ

चलचित्र ‘बा एक योद्धा’को नेपालगन्जमा ‘रेड कार्पेट ग्रान्ड प्रीमियर’ प्रदर्शन

नेपालगन्ज । सन्तानको सुख, खुसी र भविष्यका लागि बुवाले गर्ने

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

काठमाडौं । अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त