१० कार्तिक २०८३, मंगलबार | October 27, 2026

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का



काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई लाखौँ जरिवाना र १५ दिन पेट्रोलियम पदार्थको वितरण रोक्का गर्ने कानुनी प्रावधानको व्यवस्था गरेको छ ।

नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गरी उक्त प्रावधान राखेको हो । पेट्रोलपम्पका कारण बुधबार देशभर इन्धन बिक्रीवितरण असहज भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावलीमा जरिवाना र बिक्रीवितरण रोक्का गर्ने कानुनी प्रबन्ध गरेको हो ।

संशोधित विनियमावलीअनुसार पम्प बन्द गर्ने व्यवसायीलाई रु तीनदेखि १० लाख जरिवाना र पाँचदेखि १५ दिनसम्म पेट्रोल, डिजेल वितरण रोक्का हुने उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ ।

विक्रेता विनियमावलीको दफा २९ घ (१) मा ‘विक्रेताले नोजल सुक्खा (ड्राइ) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सृजना गर्न नहुने’ भन्ने वाक्य थप गरिएको छ ।

उक्त कसुरमा पहिलोपटकलाई रु तीन लाख जरिवाना र पाँच दिनसम्म इन्धन आपूर्ति रोक्का, दोस्रोपटकलाई रु छ लाख जरिवाना लिई १० दिन आपूर्ति बन्द तथा तेस्रोपटकमा रु १० लाख जरिवाना र १५ दिनलाई आपूर्ति बन्द गर्ने प्रावधान राखिएको छ ।

प्रकाशित मिति : १८ असार २०८३, बिहिबार  १० : ५० बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको

विराटनगरमाथि चितवनको ८ रनको रोमाञ्चक जित, एनपीएलमा विजयी सुरुवात

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा चितवन राइनोजले

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सवा करोडभन्दा बढीको बिगो माग

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख (पूर्वमेयर) देवनाथ साह

झिनो अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज