१९ असार २०८३, शुक्रबार | July 3, 2026

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते



काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा दुर्घटनाग्रस्त भएको छ ।

सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस बैतडीको पाटन नगरपालिका–८ गैराखानमा शुक्रबार अपराह्न दुर्घटनामा परेको हो ।

दुर्घटनामा कम्तीमा १६ जना घाइते भएका छन्। सबै घाइतेलाई उपचारका लागि नजिकका स्वास्थ्य संस्थातर्फ पठाउने तयारी भइरहेको छ भने उद्धार कार्य अझै जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बस सडकबाट तल खसेको छ । दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्।

घाइतेको अवस्था, यात्रुको यकिन संख्या तथा दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १९ असार २०८३, शुक्रबार  ४ : १८ बजे

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल

केयूको ३१औँ दीक्षान्तमा पन्ध्र सय विद्यार्थी दीक्षित

काभ्रेपलाञ्चोक । काठमाडौ विश्वविद्यालय (केयू) को ३१औँ दीक्षान्त समारोह (दोस्रो

स्वास्थ्य बीमा बोर्डद्वारा मङ्सिरसम्मको रकम भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालु

बैतडीमा यात्रुवाहक बस दुर्घटना, कम्तीमा १६ जना घाइते

काठमाडौं । कैलालीको धनगढीबाट बैतडीतर्फ जाँदै गरेको यात्रुवाहक बस बैतडीमा

आठ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज