५ भदौ २०८३, शुक्रबार | August 21, 2026

सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ



नेपालगन्ज । सिँचाइ अभाव हुँदा अकाशे पानीको भरमा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ भएको छ । जिल्लाका केही भू-भागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाइँ गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीको भरमा छन् ।

पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैसम्म धान रोप्न नसकेका कृषि ज्ञान केन्द्र बाँकेकी सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले बताइन् । उनका अनुसार जिल्लामा असारको दोस्रो सातादेखि सुरु गरिएको रोपाइँ शुक्रबारसम्म १८ प्रतिशतमात्र भएको छ । रोपाइँ भएकोमध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरिरहेका छन् ।

मसिनो र मध्यम जातका धानखेती गर्ने किसानलाई रोपाइँमा समस्या भए पनि मोटो धानखेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताइन् । उनका अनुसार जिल्लामा कुल खेतीयोग्य ५५ हजार ८२६ हेक्टर क्षेत्रमध्ये ३३ हजार ७८० हेक्टरमा धानखेती हुँदै आएको छ ।

सिक्टा सिँचाइ आयोजनाको नहरबाट कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकाका र राप्तीसोनारी गाउँपालिकाका केही वडामा सिँचाइ सुविधा पुगेकाले ती क्षेत्रमा रोपाइँ भइरहेको सूचना अधिकारी शर्माको भनाइ छ । उनका अनुसार सिँचाइ अभावका कारण जिल्लाका अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा खेती गर्न बाध्य छन् ।

रोपाइँको समय भएकाले सिक्टाको पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छोडिएको आयोजना कार्यालयका सूचना अधिकारी मनोज शाहले बताए । उनका अनुसार राप्तीसोनारी गाउँपालिका-२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य लिएकामा हालसम्म २४ हजार क्षेत्रका किसानले सिँचाइ सुविधा पाएका छन् ।

प्रकाशित मिति : २० असार २०८३, शनिबार  ११ : १५ बजे

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार जना भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कारलाई निरन्तरता दिँदै महासङ्घ रुपन्देही

बुटवल । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा उत्कृष्ट वातावरण पत्रकारिता

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा आज एक जना

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

दाङ । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन गरिएको