२२ असार २०८३, सोमबार | July 6, 2026

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन



खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरेको छ ।

चालु आर्थिक वर्ष ०८२/८३ मा विभिन्न प्रजातीका घाँसको ३० हजार ६ सय ३० किलो घाँसको बीउ उत्पादन गरिएको राष्ट्रिय पशु प्रजनन कार्यालयका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रिय पशु प्रजनन् कार्यालयबाट उत्पादन भएको घाँसको बीउ १९ हजार २ सय २६ किलो किसानलाई बिक्रीवितरण गरिएको छ । कार्यालयमा एक हजार ७ सय ९० किलो खपत भई ११ हजार ४ सय ३ केजी घाँसको बीउ बाँकी रहेको छ ।

कार्यालयले बर्सिम, जै, भेच, टियोसेन्टी, ज्वाइन्ट भेच स्टाइलो कुक्स, नेपियर लगायतको घाँस र बडहर, टाँकी, कोइरालो, इपिलइपिल, किम्बु मेन्डोला लगायतको डालेघाँसको बीउ तथा विरुवा उत्पादन गरी बिक्री वितरण गर्ने गरेको छ ।

चालु आर्थिक वर्षमा घाँसको बीउ तथा हरियो घाँस बिक्री गरेर रु. २० लाख ४७ हजार ७०४ आम्दानी गरेको छ । कार्यालयले विभिन्न जातका घाँसका बीउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण हुँदै आएको वरिष्ठ पशु विकास अधिकृत डा. खनालले जानकारी दिए ।

खजुरा–२ गौघाटमा करिव ३४ दशमलव ४ हेक्टर क्षेत्रफलमा फैलिएको राष्ट्रिय पशु प्रजनन् कार्यालयले व्यावसायीक रुपमा घाँसको बीउ खेती गरी किसानलाई बिक्री वितरण गर्दै आएको कार्यालयका पशु सेवा प्राविधिक देवनारायण जैसीले बताए ।

अहिले घाँसको बीउ छर्ने र बिरुवा रोप्ने काम भईरहेको छ । वर्षाद् नभएका कारण यो वर्ष घाँसको बीउ छर्न र बिरुवा रोप्न केही ढिलाई भएको जैसीले जानकारी दिए । राष्ट्रिय पशु प्रजनन् कार्यालय २०३६ सालमा भैँसी फाराम (बुल सेन्टर) का रूपमा स्थापना भएपश्चात् विभिन्न चरण हुँदै ४७ औँ वर्ष प्रवेश गरेको छ ।

यो कार्यालयले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्युठान, रोल्पा र पूर्वी रुकुम गरी २५ जिल्लामा सेवा प्रवाह गरिरहेको छ । कार्यालयबाट विभिन्न जातका घाँसका बिउ तथा बिरुवा उत्पादन गर्नुका साथै पशु नश्ल सुधार अन्तर्गत कृत्रिम गर्भाधानका लागि राँगो, साँढे तथा बोकाको जमेको वीर्य उत्पादन तथा वितरण गर्दै आएको जैसीले बताए ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ११ : ५५ बजे

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका