२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत



काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको ‘राउन्ड अफ १६’ मा आज स्पेनको सामना गर्दैछ ।

यी दुई टोलीबीच अन्तिम पटक सन् २०१८ को विश्वकपमा प्रतिस्पर्धा भएको थियो, जुन खेल ३–३ को बराबरीमा टुंगिएको थियो, उक्त खेलमा रोनाल्डोले ह्याट्रिक गरेका थिए।

पोर्चुगिज स्ट्राइकर रोनाल्डो उत्कृष्ट लयमा छन् र उनले यस प्रतियोगितामा हालसम्म ३ गोल गरिसकेका छन्। यो खेल डलास स्टेडियममा नेपाली समय अनुसार आज राति १२ः४५ बजेबाट सुरु हुनेछ।

पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४१ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये स्पेनले १८ र पोर्चुगलले ७ खेल जितेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्।

फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमने सामने हुँदैछन्। यसअघि सन् २०१८ को विश्वकपमा उनीहरूबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो भने सन् २०१० को विश्वकपमा स्पेन १–० ले विजयी भएको थियो।

यस प्रतियोगितामा पोर्चुगल र स्पेन दुवै हालसम्म अपराजित रहेका छन्। पोर्चुगलले चार खेलमा दुई जित र दुई बराबरीको नतिजा निकालेको छ। समूह चरणमा टोलीले उज्बेकिस्तानलाई ५–० ले पराजित गर्‍यो भने कोलम्बियासँग ०–० र डीआर कंगोसँग १–१ को बराबरी खेल्यो। ‘राउन्ड अफ ३२’ मा टोलीले क्रोएसियालाई २–१ ले हरायो।

अर्कोतर्फ, कुनै पनि टोलीले स्पेनविरुद्ध गोल गर्न सकेको छैन। समूह चरणमा टोलीले साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले पराजित गर्‍यो जबकी केप भर्डेविरुद्धको खेल ०–० को बराबरीमा सकियो। स्पेनले ‘राउन्ड अफ ३२’ मा अस्ट्रियालाई ३–० ले हरायो।

पोर्चुगल गोलका लागि आफ्ना स्टार खेलाडी तथा कप्तान रोनाल्डोमा निर्भर रहनेछ भने अर्कोतर्फ स्पेनिस टोली आफ्ना युवा स्टार विंगर लामिन यामाल र अभेद्य रक्षापंक्तिमा भर पर्नेछ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  २ : ०९ बजे

विपी राजमार्ग : जाइकाले सुरु गर्यो पुनःनिर्माण

काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला-पिप्ले सडकखण्डमा

डिजिटल धुनको भीडमा हराएन मादलको ताल

सुनसरी । तिहार नजिकिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री बढ्न

एनपीएलमा आज लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग खेल्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज अंक तालिकाको

आज धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी

सरकार र डा केसीबीच छ बुँदे सहमति: तोडियो अनशन

काठमाडौं । सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे