२१ भदौ २०८३, आइतबार | September 6, 2026

छनोटसमेत नभएको चीनले बिश्वकपवाट यसरी कमायो अर्बौं डलर



काठमाडौं । आइतवार राती स्पेनले खेल जीतेसँगै फिफा विश्वकप २०२६ सकिएको छ ।

यद्यपि चीन यस विश्वकपका लागि छनोट हुन असफल रहेको थियो । अचम्मको कुरा, यो प्रतियोगिताबाट सबैभन्दा बढी आर्थिक लाभ लिने देश भने उत्तरी छिमेकी मुलुक चीन बनेको छ । यस वर्षको फिफा विश्वकपबाट धेरै चिनियाँ कम्पनीहरूले भारी नाफा कमाएका छन्। यी कम्पनीहरूले विश्वभरका विभिन्न देशहरूमा खेलकुदका सामग्री तथा अन्य वस्तुहरू उत्पादन र निर्यात गर्छन्।

यो पटक चीनमा उत्पादित जर्सीको बिक्रीमा ६० प्रतिशतको वृद्धि भएको छ । चीनको जियाङ्सी प्रान्तमा अवस्थित गार्मेन्ट निर्यातकर्ता झेङ जियीले साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै बताएअनुसार यसै साताको सुरुमा अर्जेन्टिनाले सेमिफाइनलमा इङ्गल्याण्डलाई पराजित गरेयता सो टोलीको जर्सीको मागमा भारी वृद्धि भएको छ। झेङले बताएअनुसार विगत केही महिनामा जर्सीको बिक्री ६० प्रतिशतले बढेको छ। बढ्दो मागका कारण यस वर्ष उनको व्यवसाय युरोपेली बजारसम्म विस्तार भएको छ।

युरोप चिनियाँ खेलकुदका सामग्री तथा व्यापारिक वस्तुहरूको एक प्रमुख बजारका रूपमा उदाएको छ। यद्यपि, मौद्रिक मूल्यको हिसाबले भने यो अझै पनि तेस्रो स्थानमा छ। चिनियाँ खेलकुदका सामग्री तथा व्यापारिक वस्तुहरूका लागि सबैभन्दा ठूला बजारहरू दक्षिण र पूर्वी एसियाका मुलुकहरू हुन्, जसपछि दक्षिण अमेरिकी राष्ट्रहरू आउँछन्। चिनियाँ निर्यातकर्ताहरूका लागि दक्षिण तथा पूर्वी एसिया र ल्याटिन अमेरिकाका बजारहरू उच्च परिमाण र न्यून नाफाको विशेषतायुक्त समान पठाउँ छन्। यसैबीच, युरोपेली बजारका खरिदकर्ताहरू उच्च मूल्य तिर्न तयार छन्, जसले उनीहरूको बढ्दो ढुवानी लागतको भर्पाइ गरिरहेको छ।

खेलकुद क्षेत्रमा चीनको निर्यात तीव्र गतिमा बढिरहेको छ। चिनियाँ भन्सार तथ्याङ्कअनुसार जुन महिनामा निर्यातमा २७ प्रतिशत र वर्षको पहिलो ६ महिनामा १७.६ प्रतिशतले वृद्धि भएको छ। भन्सार अधिकारीहरूले विश्वकपका कारण खेलकुद सामग्रीको विश्वव्यापी मागमा उल्लेख्य वृद्धि भएको पनि बताएका छन्। हाल चीन खेलकुद सामग्रीको विश्वकै सबैभन्दा ठूलो निर्यातक राष्ट्र हो। विश्वव्यापी निर्यातमा यसको हिस्सा ४० प्रतिशतभन्दा बढी छ। फलस्वरूप, खेलकुदका सामग्रीको बढ्दो मागबाट यसले उल्लेख्य लाभ उठाएको छ। यस वर्षको पहिलो ६ महिनामा चीनको खेलकुदका सामग्री तथा उपकरणको कुल निर्यात ६७.५३ अर्ब युआन अर्थात ९।९७ अर्ब अमेरिकी डलर पुगेको थियो।

सन् २००२ यता चिनियाँ टोली विश्वकपका लागि छनोट हुन असफल भए तापनि चीनको उपस्थिति भने उल्लेखनीय रहेको छ। प्रतियोगितामा सहभागी धेरै राष्ट्रका टोलीहरूले चीनमा निर्मित जर्सी तथा खेल पोसाक र किट्सहरू प्रयोग गर्छन्।

आयोजक सहरका रंगशालाहरूमा केही चिनियाँ कम्पनीहरूले बलियो उपस्थिति जनाएका छन् ।  उदाहरणका लागि, इलेक्ट्रोनिक्स उत्पादक ‘हाइसेन्स’ र दुग्धजन्य पदार्थ उत्पादक कम्पनी ‘मेङन्यु’ले रंगशालाभित्र व्यापक प्रचारप्रसार गरिरहेका छन ।

प्रकाशित मिति : ४ श्रावण २०८३, सोमबार  १२ : ३५ बजे

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका

युद्धले बिजुली प्रणाली ध्वस्त पारेपछि सौर्य ऊर्जातर्फ मोडिँदै सुडानी

ओम्दुरमान । युद्धका कारण सुडानको विद्युत प्रणाली जर्जर बन्दै गएपछि

देवीघाटमा एक्रोब्रिज जडान गर्दै नेपाली सेना

काठमाडौं । भदौ १० गते आएको बाढीले त्रिशूली नदीमा रहेका

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा