१२ भदौ २०८३, शुक्रबार | August 29, 2026

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ

दीगम्बर झासहित तीन जना दोषी ठहर



काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको ‘टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)’ खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ भने प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झासहित तीन जनालाई दोषी ठहर गरेको छ।

न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार सुनाएको फैसलाअनुसार तत्कालीन अध्यक्ष दीगम्बर झा तथा प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका उप्रेती दोषी ठहर भएका हुन्। अदालतले उनीहरूलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिबानाको सजाय सुनाएको छ।

अदालतले उनीहरूविरुद्ध बिगो कायम गर्न नमिल्ने ठहर गर्दै जरिबानासहित कैद सजाय निर्धारण गरेको हो। साथै, दीगम्बर झा सार्वजनिक पदमा रहेका व्यक्तिका रूपमा कसुर गरेको निष्कर्षसहित थप ६ महिना कैद सजायसमेत सुनाउने राय व्यक्त गरेको छ।

यही मुद्दामा नेपाली कांग्रेसका नेता तथा तत्कालीन सञ्चारमन्त्री मोहनबहादुर बस्नेत भने अभियोगबाट पूर्ण रूपमा सफाइ पाएका छन्। अदालतले आर्थिक वर्ष २०७४र७५ को वार्षिक कार्यक्रममा मन्त्रालयले अन्तर्राष्ट्रिय कल अनुगमन नियन्त्रण तथा ‘डिजिटल नेपाल’ अवधारणाअन्तर्गत नीतिगत सहमति दिएको भए पनि त्यसपछिको कार्यान्वयन, प्राविधिक तयारी, पूर्वाधार निर्माण तथा खरिद प्रक्रिया सम्बन्धित निकायको जिम्मेवारी रहेको उल्लेख गरेको छ।

फैसलामा मन्त्री वा मन्त्रालयले खरिद प्रक्रियामा हस्तक्षेप गरेको प्रमाण नदेखिएको, बस्नेत नीतिगत निर्णयपछिका कुनै पनि खरिद प्रक्रियामा प्रत्यक्ष संलग्न रहेको पुष्टि हुन नसकेको तथा खरिदबाट उनले व्यक्तिगत लाभ लिएको वस्तुनिष्ठ प्रमाण अभियोजन पक्षले प्रस्तुत गर्न नसकेको उल्लेख गरिएको छ। यही आधारमा अदालतले उनलाई सफाइ दिएको हो।

यसैगरी, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनालसहित प्राधिकरणका कर्मचारी दीपेश आचार्य, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्यलाई पनि अदालतले सफाइ दिएको छ।

खनालले यसअघि नै अध्यक्ष पदबाट राजीनामा दिइसकेका छन्। सफाइ पाउनेमध्ये दीपेश आचार्य र सुरेन्द्रलाल हाडा प्राधिकरणका निर्देशक हुन् भने रेवतीराम पन्थ, अच्युतानन्द मिश्र, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप आचार्य उपनिर्देशकका रूपमा कार्यरत छन्।

विशेष अदालतबाट सफाइ पाएसँगै भ्रष्टाचार मुद्दा दर्ता भएपछि २०८२ जेठ १ गतेदेखि निलम्बनमा परेका ती कर्मचारीहरू अब पुनः कार्यालयमा फर्किएर नियमित रूपमा काम गर्न पाउने भएका छन्।

अदालतले टेरामक्स प्रणालीका आपूर्तिकर्ता कम्पनी भ्यानराइज एसएएल (अफ्सोर), त्यसका प्रमुख कार्यकारी अधिकृत जमल अनोटी, स्थानीय एजेन्ट ट्रेडलिंक प्रालि तथा कम्पनीका अध्यक्ष दिलीपकुमार गुरुङलाई समेत अभियोगबाट सफाइ दिएको छ।

टेरामक्स खरिद प्रकरणलाई पछिल्लो समय बहुचर्चित भ्रष्टाचार मुद्दाका रूपमा हेरिएको थियो। विशेष अदालतको यस फैसलाले नीतिगत निर्णय र कार्यान्वयन तहको जिम्मेवारीबीच स्पष्ट कानुनी भिन्नता औंल्याउँदै विभिन्न आरोपितको भूमिका छुट्टाछुट्टै मूल्याङ्कन गरेको छ।

प्रकाशित मिति : २२ असार २०८३, सोमबार  ८ : ०९ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडौँ । रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

बाढीले देश रोईरहेका बेला मन्त्रीहरू भोजमा ब्यस्त…

काठमाडौँ । त्रिशुली नदीमा आएको बाढीका कारण देश आहतमा छ।

रसुवा बाढी : हालसम्म ५ सय ५३ जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण शुक्रबार दिउँसो १७ः००

लुम्बिनी प्रदेश सरकारले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

दाङ । लुम्बिनी प्रदेश सरकारले रसुवा लगायतका जिल्लामा आएको बाढीबाट

बाढी प्रभावित प्रत्येक नागरिकसम्म राज्य पुग्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित